१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघ र तरुण दलका अध्यक्ष चयनप्रति शेखर समूह असन्तुष्ट



file
अ+ अ-

काठमाण्डौं । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनप्रति शेखर कोइराला समूहले असन्तुष्टि जनाएको छ । पार्टी सभापति शेर बहादुर देउवाले एकलौटी रुपमा दुबै संस्थामा अध्यक्षहरु मनोनयन गरेको भन्दै शेखर समूहले यही चैत १४ गते भेला आयोजना गरेका छन् ।

नेविसंघका पूर्व अध्यक्ष रंजित कर्णले सभापति देउवाले एकलौटी र मनोमानी रुपमा नेविसंघ र तरुण दलका सभापति मनोनयन गरेकामा आपत्ति जनाउँदै त्यसको विरोधमा चैत १४ गते राजधानीमा भेला डाकिएको जानकारी दिनुभयो ।

भेलामा नेविसंघका पूर्व अध्यक्षहरु र देशैभरका प्रतिनिधिहरु समावेश हुने पनि कर्णले बताउनुभयो ।

तरुण दल र नेविसंघका सभापति चयन गर्दा आफूहरुलाई बेवास्ता गरिएको शेखर कोइराला समूहको भनाई छ ।

केही दिनअघि मात्र शेखर कोइरालाले पार्टी भित्र अब आफूहरु चुप लागेर नबस्ने र प्रतिबाद गरेर अघि बढ्ने बताउनु भएको थियो ।




भर्खरै