२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघ र तरुण दलका अध्यक्ष चयनप्रति शेखर समूह असन्तुष्ट



file
अ+ अ-

काठमाण्डौं । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनप्रति शेखर कोइराला समूहले असन्तुष्टि जनाएको छ । पार्टी सभापति शेर बहादुर देउवाले एकलौटी रुपमा दुबै संस्थामा अध्यक्षहरु मनोनयन गरेको भन्दै शेखर समूहले यही चैत १४ गते भेला आयोजना गरेका छन् ।

नेविसंघका पूर्व अध्यक्ष रंजित कर्णले सभापति देउवाले एकलौटी र मनोमानी रुपमा नेविसंघ र तरुण दलका सभापति मनोनयन गरेकामा आपत्ति जनाउँदै त्यसको विरोधमा चैत १४ गते राजधानीमा भेला डाकिएको जानकारी दिनुभयो ।

भेलामा नेविसंघका पूर्व अध्यक्षहरु र देशैभरका प्रतिनिधिहरु समावेश हुने पनि कर्णले बताउनुभयो ।

तरुण दल र नेविसंघका सभापति चयन गर्दा आफूहरुलाई बेवास्ता गरिएको शेखर कोइराला समूहको भनाई छ ।

केही दिनअघि मात्र शेखर कोइरालाले पार्टी भित्र अब आफूहरु चुप लागेर नबस्ने र प्रतिबाद गरेर अघि बढ्ने बताउनु भएको थियो ।