५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाएको सुरक्षामन्त्री श्रेष्ठको दाबी



अ+ अ-

कठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवम् नेकपा एसका नेता कृष्णकुमार श्रेष्ठले सरकारमा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाएको दावी गर्नु भएको छ ।

अझै कतिपय काम अर्को पार्टीको प्रधानमन्त्री भएको हुनाले गर्न नसकिएको उहाँको भनाई छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट एकीकृत ट्रेड युनियन, महासंघ, नेपाल घोषणा तथा सम्मान समारोहमा बोल्दै मन्त्री श्रेष्ठले केही महिनाभित्र नै नेपाल ट्रेड युनियनभन्दा एकीकृत ट्रेड युनियन महासंघ, नेपाल ठूलो बन्ने दाबी समेत गर्नु भयो । त्यसका लागि आवश्यक सहयोग मन्त्रालयबाट आफूले गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नु भयो ।

नेकपा (एकीकृत समाजवादी) सरकारमा गएपछि स्वर्णिम कालको रुपमा ट्रेड युनियन आन्दोलनलाई अघि बढाएको दाबी पनि मन्त्री श्रेष्ठले गर्नु भयो । मन्त्री श्रेष्ठले भन्नुभयो, ‘यस भन्दा अघिका वक्ताहरुले पनि महासंघले भनिसक्नु भएको छ । केही महिनाको मेहेनतमा आज नेपालको ट्रेड युनियनभन्दा हामी धेरै ठूलो हुँदैछौँ । एक वर्ष भित्रमा नेपालको सबैभन्दा ठूलो महासंघ हामी बनाउँछौँ । त्यसको लागि मन्त्रालयको तर्फबाट, पार्टीको तर्फबाट गर्नुपर्ने सहयोग, साथ गर्ने कुनै पनि बखत गर्ने प्रतिवद्धता जनाउन चाहन्छु । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकार सम्हालीसकेपछि यो कालमा एउटा स्वर्णिम कालको रुपमा ट्रेड युनियन आन्दोलनलाई अघि बढाएका छौँ । यो गठबन्धन सरकार हो । प्रधानमन्त्री नेपाली काँग्रेसको हुनुहुन्छ, हामी मन्त्रीले चाहेर पनि सबै काम गर्न सक्दैनौँ । हामीले अहिले सशक्त उपस्थिति सरकारमा देखाएका छौँ । हामी सबैकाम श्रमिकहरुको हकहीतको लागि हुने प्रतिवद्धता जनाउन चाहन्छु । तपाईहरुले राजनीति भन्दा श्रमीकहरुको हकहीतको लागि काम गर्नुहोस् । एकीकृत ट्रेड युनियन, महासंघ, नेपाल श्रमीकहरुको नेतृत्व गर्नेछ र यसले नेपालका धेरै श्रमीकहरुको धेरै समस्या समाधान गर्नेछ ।

मन्त्री श्रेष्ठले एकीकृत ट्रेड युनियन महासंघ, नेपालमा आवद्ध भएका सदस्यहरुलाई राजनीति नभइ श्रमिकका हकहीतको बारेमा सोच्न पनि आग्रह गर्नुभयो ।




भर्खरै