५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उपाध्यक्ष पौडेल पूर्वनिर्धारित कार्यक्रम छोट्याएर स्वदेश फर्किँदै



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल आजै स्वदेश फर्कँदै हुनुहुन्छ ।

चीनको कुन्मिङमा आयोजना भएको एक कार्यक्रममा भाग लिन जानुभएका पौडेल आज साझँ सात बजेतिर स्वदेश फिर्ता हुन लाग्नुभएको हो ।

उहाँसँगै टोलीमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल रहनुभएको छ ।

आजै चिनियाँ विदेशमन्त्री वाङ यी भारत हुँदै नेपाल आउँदै हुनुहुन्छ । विदेशमन्त्री वाङ यीले राष्ट्रपति, प्रधानमन्त्री, नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।