१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग

भारतीय साइकलयात्री लुइँटेल दमकमा

भारतीय साइकलयात्री लुइँटेल दमकमा
अ अ+ अ-

दमक । महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुइँटेल दमकमा आइपुग्नुभएको छ ।

आसामबाट सुरु गर्नुभएको उहाँको साइकलयात्रा नौ दिनका अवधिमा बिहीबार साँझ दमक आइपुगेको थियो । उहाँलाई आज नेपाल–भारतमैत्री सङ्घ दमकले यात्राको सफलताको शुभकामना दिँदै ढाकाटोपी र खादा लगाएर सम्मान गरिएको उपाध्यक्ष दिनेश अग्रवालले जानकारी दिनुभयो ।

कार्यक्रममा यात्री लुइँटेलले यात्राको अनुभव सुनाउनुभएको थियो । यात्रालाई सफल बनाउन भारतमा उहाँलाई स्थानीय केही सङ्घसंस्थाले सहयोग पु¥याएका थिए तर यता भने त्यस्तो सहयोगी संस्था नभएको दुखेसो उहाँको छ । नेपालमा पहिलोपटक आएका उहाँले अब बढीमा १० दिनभित्र नेपालको काठमाडौँसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

१९ दिन लगाएर करिब ९७६ किलोमिटर यात्रा टुङ्ग्याउने जनाउनुहुँदै उहाँले भन्नुभयो, “सबैको सहयोगबाट नै मैले यो यात्रालाई दुई देशसम्म जोड्न सकेको छु ।” साइकलबाट भारतको आसाम घुमिसक्नुभएका उहाँले अब ‘अल इन्डिया’ हुँदै विश्वयात्रासम्म निस्कने लक्ष्य राखेको बताउनुभयो । सामान्य साइकलमार्फत दैनिक ७० किलोमिटर दूरी यात्रा गरी आउनुभएका उहाँले बाटोमा आफ्नो यात्राको उद्देश्य पनि सुनाउँदै आएको जानकारी दिनुभयो । गन्तव्यमा पुग्नु मात्र आफ्नो उद्देश्य नभएको जनाउँदै उहाँले महिला हिंसा नियन्त्रण गर्न तथा स्वच्छ पर्यावरण जोगाउन आफ्नो मुख्य उद्देश्यका बारेमा समेत सचेतना दिँदैआएको बताउनुभयो ।

सूचना, प्रविधिमा स्नातक तहमा अध्ययनरत नेपालीमूलका भारतीय युवा लुइँटेलको साइकलयात्रालाई समाजले प्रोत्साहन दिनुपर्ने खाँचो औल्याइएको छ ।