२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा नेपाल पीएनजीसँग भिड्दै



file photo
अ+ अ-

काठमाडौं । नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज (शुक्रबार) पपुवा न्युगिनी (पीएनजी)विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपालले पीएनजीसँग दुई ओडिआई सिरिज अन्तर्गत पहिलो पटक घरेलु मैदान टियुमा खेल्न लागेको हो ।

खेल बिहान ९ बजे टियु मैदान कीर्तिपुरमा हुनेछ । नेपाललाई घरेलु मैदान र समर्थक दुबैको साथ रहेकाले उच्च मनोबलका साथ मैदान उत्रदैछ ।

यसै साता नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई २ विकेट र ७ विकेटले पराजित गरेको थियो ।

गत असोजमा दुबै ओडिआई खेलमा नेपाल २ विकेट र १ सय ५१ रनले विजयी बनेको थियो ।

२०१८ मा नेपालले एकदिवसिय विश्वकप छनोटमा जिम्बावेलाई ६ विकेटले हराउँदै ओडिआई मान्यता पाएपछि नेपाल पपुवा न्युगिनीसँग हाबी हुँदै सम्पूर्ण खेल आफ्नो पक्षमा पारेको छ । नेपाल पपुवा न्युगिनीमाथि लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ ।

दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो । दोस्रो खेल शनिबार हुनेछ ।