१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक बस्दै लगानी बोर्डको बैठक



अ+ अ-

काठमाडौँ । लगानी बोर्डको ४८औँ बैठक शुक्रबार बस्ने भएको छ । बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त हुनुभएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो । प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ ।

बोर्डकोे यो बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिको विषय रहेका छन् ।

बोर्डका अनुसार दोलखाको जुमखोला जलविद्युत् आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत् आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका विषयहरूले बैठकमा प्रवेश पाउने भएको छ ।

बोर्ड बैठकले चालू आर्थिक वर्षको वार्षिक बजेट पनि पारित गर्ने छ । त्यसैगरी बोर्डको व्यावसायिक तथा रणनीतिक योजना अनुमोदन पनि गरिने समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।