२० माघ २०८१, आईतवार
,
Latest
आयोजक टाइगर ग्रुपले जित्यो टाइगर कपको उपाधि निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी बाँकी छैन, कानून बमोजिम दाबी भुक्तानी पनि रोकिँदैनः अर्थमन्त्री पौडेल राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण सरकारले जनताको पक्षमा काम गरिरहेको छः सांसद बिसी नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य क्यानाडाले मङ्गलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने: ट्रुडो अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो म्याग्दीका जिसस प्रमुख सहकारी ठगी आरोपमा पक्राउ बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमित नेताको चक्रव्यूबाट देशलाई निकाल्न बिवेक प्रयोग गर्नुस: लिङ्देन



अ+ अ-

गोरखा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आउने निर्वाचन नेपाली जनताका लागी विगतका गल्ती सच्याउने अवसर भएको बताउनुभएको छ । गोरखा सदरमुकाममा बिहिबार आयोजित आमसभामा उहाँले जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गर्नुभयो ।

आगामी वर्ष हुने तीनै तहको निर्वाचनमा सोचविचार पु-याएर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्। ”

ठुला भनिएका दल प्रति आक्रामक हुदै लिङ्देनले भन्नुभयो “आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुन्छ , सोचेर बिचार गरेर मत दिनु होला ।”

उहाँले ‘३१ बर्षदेखि केही सिमित राजनीतिक दल र तीनका सिमित नेताको चक्रव्यूमा देशसँगै फसेको भन्दै अवको चुनावमा पनि त्यही दलहरुलाई भोट दिने हो भने हाम्रो पुस्ता मात्र होईन भावी पुस्ताको भविष्य पनि बर्वाद हुन्छ ।’

लिङदेनले कांग्रेस, एमाले र माओवादीले चुनाव जितेर देश बनाउछ भन्नु साँढेको टाङमुनी बाल्टी थाप्नु उस्तै भएको टिप्पणी गर्नुभयो । ‘साढेको टाङमुनी बाल्टी थापेर दुध आउछ रु साँढेले दुध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा हुन्छ रु खान पुगेन भनेर दाना थपिदिदाँ दुध आउछ रु साढेँको धर्म नै दुध दिने होइन कसरी आउछ, त्यसैले ठुला भनिने दललाइ भोट दिएर देश बन्छ भन्नु पनि त्यस्तै हो,’ उहाँले भन्नुभयो ।

सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्ती कुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, प्रवास आइसिसी संयोजक प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु रामराजा कोइराला, लोकनाथ तिवारी लगायतले सम्बोधन गर्नुभएको थियो ।