• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   संसारको सबैभन्दा शान्त ठाउँ, जहाँ सुल्तानदेखि भिखारीसम्मका शव गाडिन्छन् ★   जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँ: मन्त्री सुडी ★   नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्: राष्ट्रिय स्वतन्त्र पार्टी ★   पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ: मुख्मन्त्री अधिकारी ★   काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला ★   नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ: मन्त्री हुसैन ★   कोलकातासँगको लज्जास्पद हारपछि के भन्छन् हैदरावादका कप्तान कमिन्स ? ★   मिडिया ट्रायल र राज्यको सत्ता दुबै फौजदारी न्यायबाट पृथक रहनुपर्छ – डा संग्रौला ★   “अझ परिपूर्ण मुलुक” बन्न प्रेस स्वतन्त्रता महत्त्वपूर्ण: नेपालस्थित अमेरिकी दूतावास ★   सिरोहिया पक्राउबारे प्रधानमन्त्री: अदालती प्रक्रियामा हो–हल्ला गर्न जरुरी छैन

‘पीर’ गीतबारे गायक सपुतको प्रष्टिकरण



काठमाडौँ । गायक प्रकाश सपुतले पछिल्लो गीत पीरबाट हटाएको दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई बुझेर हटाएको स्पष्टिकरण दिनुभएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गायक प्रकाश सपुतले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताउनु भएको हो । उहाँले उक्त सीनले समाजमा र त्यस्तै पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केहि दृश्य हटाउनु परेको बताउनु भयो । गायक सपुतले जनयुद्ध लडेर समाज विकास नभएकोले निराश बनेका योद्धाहरु उक्त दृश्यबाट झनै चिन्तित बनेको भन्दै गीतमा भएको केहि दृश्य हटाएर पुनः सार्वजनिक गरेको बताउनु भयो । उहाँले उक्त कुरालाई भावनात्मक रुपमा बुझिदिन पनि समस्त श्रोता एवं दर्शकहरुलाई आग्रह गर्नुभयो ।

गायक सपुतले भन्नुभयो, ‘त्यहाँ छोडिएका प्रश्नहरु डिलिट गरेको भए, यदी त्यहाँ नेर लोकेन्द्र सरको भुमिकालाई हटाएको भए सायद म कसैको विचारबाट डराएँ, शक्तिबाट डराएँ, कुनै निश्चित समूहबाट डराएर हटायो भन्ने हुन्थ्यो, यसलाई भावनात्मक हिसावले सोचिदिनु हुन अनुरोध गर्दछु । मसँग त्यसका लागि थुप्रै तर्कहरु छन्, त्यस्ता पात्र सिर्जना गर्न पाउने कि नपाउने, भन्ने तर । हामी यतिबेला नेपाली समाजमा छौँ, सम्बन्ध छ । कसैको दुःखसँग जोड्ने मन छ । मन र भावनाका हिसावले त्यो पात्रको चित्त दुख्यो भन्ने हिसावले त्यो पार्ट हटाएको हो । जो जनयुद्ध लडेर आफैँमा चित्त दुखाएका छन्, उनीहरुको किन चित्त दुखाउने भनेर त्यो भाग हटाएको हो ।’

त्यस्तै अभिनेत्री सुरक्षा पन्तले गीतको बारेमा आफूलाई पनि धेरै म्यासेजहरु आएको बताउनु भयो । उहाँले गीतबाट उक्त दृश्य हटाउने कुरा गायक सपुतको नितान्त ब्यक्तिगत कुरा रहेको बताउनु भयो । अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको बताउनु भयो ।

अभिनेत्री पन्तले भन्नुभयो, ‘मलाई पनि यस भिडियोको बारेमा केही कुराहरु आएका छन् । यो हटाउन नितान्त प्रकाशजीले काम गर्नुभएको हो । म भएको भए हटाउँदिन थिएँ । उहाँले समाजमा भएका सम्बन्धलाई भावनासँग जोडेर हटाउनु भएको हो । त्यो भाग हटाउँदा केही समाज सुधार हुन्छ भने किन नहटाउने भन्ने हिसावले हटाउनु भएको हो ।’

गायक सपुतको पछिल्लो गीत ‘पीर’ मा जनयुद्धकालीन परिवेशमा देश विकासका लागि लडेका योद्धाहरुको दुःख देखाइएको छ । नेकपा (माओवादी केन्द्र) निकटका भातृसंगठनहरुले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी दृश्य समावेश गर्नु आपत्ति जनाएका थिए । ’पीर’ बोलको गीतको भिडिओमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ । भिडियोको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको चित्रण गरिएको छ । त्यही दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका हुन् ।