१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ हुदैन: कुलमान घिसिङ

तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ हुदैन: कुलमान घिसिङ
अ अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने बताउनु भएको छ ।

बिहिबार नेपाल विद्युत प्राधिरकणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या भएकाले मंगलबार देखि विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुन अवस्था नभएको बताउनु भएको हो । उहाँले पछिल्लो समय भारतमा बिजुलीको मूल्य अत्याधिक मात्रामा आकासिएकोले मंगलबारदेखि प्राधिकरणले विद्युत आयात नगरेकाले उद्योगमा विद्युत कटौती गर्नु परेको बताउनु भयो ।

घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या आएकाले विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुने अवस्था नभएको स्पष्ट पार्नु भयो । उहाँले प्राधिकरणले आज बेलुका १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको बताउनु भयो । प्राधिकरणले प्रति युनिट नेपाली ३८ रुपैयाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाई छ ।

घिसिङले विश्वभर नै विद्युत अभावको समस्या बढेकाले नेपालमा समेत त्यसको असर परेको हुँदा छोटो समय मात्रै नेपालमा प्रभाव देखिने बताउनु भयो । भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा ४०० मेगावाटसम्म बिजुली आयात गरेर उद्योगहरुमा विद्युत दिने तयारीमा प्राधिकरणले गरेको घिसिङले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हाम्रो वेस मूल्य ६ रुपैयाँ बिहारको पर्ने गरेको थियो । बिहारले मंगलबारदेखि वेस मूल्य नै २० रुपैयाँ १२ रुपैयाँ २३ पैसा पुग्यो बिहारले ११ रुपैयाँ पुग्यो । विद्युत दिन सकिदैन भनेर दिएन । उहाँहरुलाई पनि अफ्ठ्यारो छ । बिहारले १ हजार मेगावट लोडसेडिङ भोगि रहेका छ ।

मंगलबार देखि नेपालमा विद्युत सप्लाईमा समस्या भयो । हिजोको लागि हामीले अस्ति नै बिड गरिएको थियो। तर विद्येत आयात भएन उद्योगहरुमा समस्या भयो। त्यही भएर केही उद्योगमा विद्युत हिजोबाट उद्योग कटौती गरेको हो । त्यसले गर्दा लोडसेडिङ भयो भन्ने कुरा आयो । त्यो तत्कालको समस्याले गर्दा त्यस्तो भएको हो । हिजो रातीबाट त्यस्तो हुँदैन भनिएको थियो । के आधारमा भनिएको थियो भने ११ रुपैयाँ २३ पैसा त्यहाँको मूल्य थियो ।

हामीले १२ रुपैयाँमा हालेका थियौ । ५० प्रतिशत पर्छ भन्ने थियो। तर पेरन एभरेज मूल्य नै १५ रुपैयाँ पुग्यो । त्यो भएकाले आज पनि केही उद्योगमा विद्युत कटौती छ । दिउँसो १८० मेगावट आयात भएकाले केही उद्योगलाई समस्या छ । तर प्राधिकरणले आलोपालो गरेर चलाइरहेका छौं । घरेलु वा अन्य कुनै पनि साना उद्योग र साना उद्योग,कर्मसिय उद्योगमा लोड सेडिङ छैन र लोडसेडिङ गदैनौं हुँदैन पनि । उद्योगलाई पनि लोडसेडिङ हुँदैन । तर अहिले तत्काल आएको समस्या आएकाले केही समस्या आएको हो । अब डेर महिना जेठपछि विद्युत उत्पादन बढ्छ ।

तामाकोशी डेरसय मेगावट पुग्छ । अन्य अरु पनि बढ्छ र यस्तो समस्या पदैन । हाम्रै उत्पादनले पुग्छ । केही आयात गर्नु पर्छ । असारबाट ५०० सय मेगावट विद्युत निर्यात गर्नु पर्ने स्थिति छ । एक डेर महिनाको समयमा केही समस्या पर्ने देखिएको छ । त्यसलाई प्राधिकरण कसरी व्यवस्थापन गर्ने भन्ने तयारीमा लागेको छ । आज १२ बजेबाट कुनै पनि ठाउँमा लोडसेडिङ हुँदैन । कुनै पनि उद्योगमा लाडसेडिङ नहुने गरेर प्राधिरणले व्यवस्थापन गरेका छौं ।’

त्यस्तै, निर्देशक घिसिङले रुस र युक्रेन बीचको तनावको कारण विश्वभर विद्युत आयातमा समस्या बढ्दै गएको बताउनु भयो । उहाँले नेपालमा ८ महिना विद्युत आयात गर्नु नपर्ने अवस्था रहेको बताउनु भयो । तर, ४ देखि ५ महिनाको लागि करिव ४०० मेगावट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

अहिलेको यो अवधि विद्युत उत्पादन कम हुने र माग बढ्ने भएकाले पनि विद्युत व्यवस्थापनमा समस्या देखिएको घिसिङले बताउनु भयो । भारतमा विद्युत अभावको समस्याको कारण प्राधिकरणले गरेको सम्झौता अनुसार विद्युत आयात नसकेकोले समस्या भएको घिसिङले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिलेको विद्युत अभाव नेपालको मात्रै होइन विश्वमा नै रहेको छ । विश्वमा नै विद्युत अभाव किन भयो भने भारतमा ७० प्रतिशत पोलवेस जेनेरेसन हो । नेपालले आयात गर्ने भनेको भारतले आयात गरेको कोलबाट मात्रै नेपालले आयात गर्न पाइन्छ भनेर भारतको नीतिमा रहेको छ ।

भारतमा इन्पोटेट कोलको धेरै ठूलो सटेज भयो । अहिले अन्तर्राष्ट्रिय रुपमा रुस र युक्रेनबीचको तनाव देखि अन्य धेरै समस्या परेको हुनाले सबै मेटियलमा र कोलमा समस्या छ । हिजोको मात्रै विडममा करिव ४ लाख ५० हजार मेगावट प्रतिघण्टाको मागमा बिक्रि भने करिव २ लाख मात्रै हुन सक्यो । कोलको कारण बिक्रि बढ्न सकेको छैन । त्यो कारणले महँगोमा बीट गर्ने भयो । नेपाल विद्युत प्राधिकरणले आयात गरिरहेको तीन वटा अप्सन थियो ।

हामीलाई बर्षाभरी आयात गर्नु परेको छैन । करिव ८ महिना नेपाललाई विद्युत आयात गर्नु पँदैन । ४ देखि ५ महिना आयात गर्नु पर्छ । अर्को दुई वर्ष सुख्खा समयमा विद्युत आयात गर्नु पर्ने हुनसक्छ । अहिले सुख्खा समय हो । उत्पादन एकदमै कम हुने तर माग बढ्ने समय हो । हामीले आयात गरेको कोल भनेकै इनपोटेट कोलको विद्युत आयात गरेको हो । त्यसमा तीन वटा अप्सन थियो । पहिलो अप्सन भनेको वाइल्याटल सम्झौता जुन एनबीबीएन भारतीय सरकारको सहरकारी कम्पनी एनबीबीएनबाट नेपालले डेर सय मेगावटको आयात डल्केबर प्रसारण लाइनबाट गर्थाै ।

उहाँहरुसँग एक वर्षको सम्झौता थियो । त्यो सम्झौता डिसेम्बर देखि जुनसम्म डेर सय मेगावट आयात गर्ने थियो। हामीले ४ रुपैयाँ १६ पैसामा सम्झौता परेका थियौं । पिटिसीबाट टनकपुरबाट ४ रुपैयाँ १२ पैसामा आयात गर्ने भनेर सम्झौता परेका थियौ । सम्झौता अनुसार भारतको कोल भनेको आयातित इनेरेटर हो । एक महिना अगाडि उहाँहरुले यो जेनेरेटरबाट निर्यात गर्न नसकिने भयो । उहाँहरुले एक महिना अगाडि नै बन्द गर्नु भयो । एनबीबीएनले ३०÷४० मेगावट भए पनि निर्यात गरिरहयो ।’

त्यस्तै, घिसिङले प्राधिकरणले नेपालमा खपत हुनेमध्ये ३० प्रतिशत विद्युत आयात गरिहेको बताउनु भयो । कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षको माघ महिनासम्म ४ अर्ब रुपैयाँको विद्युत आयात गरेको बताउनु भयो । प्राधिकरणले यो वर्ष ८ अर्ब रुपैयाँ बराबरको विद्युत आयात गर्ने आँकलन गरे पनि महँगो हुँदै गएकाले करिव १० अर्बको विद्युत आयात हुने घिसिङले बताउनु भयो । उहाँले छोटो समयको लागि भए पनि महँगोमा विद्युत किनेर उद्योग सञ्चालन गर्ने र लोडसेडिङ हुन नदिने बताउनु भयो । घिसिङले अहिले केही समस्या आएपनि लोडसेडिङ नहुने भन्दै उद्योगीहरुले ढुक्क भएर विद्युत खपत गर्न आग्रह गर्नु भयो ।

उहाँले भन्नु भयो,‘ २० रुपैयाँ नै कोड गरे पनि २० रुपैयाँ नै तिर्नु पर्देन पदैन । त्यो एभरेज मूल्य १५ रुपैया वा १२ रुपैयाँ पनि आउन सक्छ । बिहारले सर्पोट गरिरहेको छ । आज दिनमा ३०० मेगा वटा भयो भने व्यवस्थापन हुन्छ । अहिले प्राधिकरण ३० प्रतिशत आयात गरिहेको हो । चालु आर्थिक वर्षको माघ सम्म ४ अर्ब हाराहारीमा मात्रै छ । यो वर्ष ७ देखि ८ अर्ब आयात हुन्छ भन्ने आकलन हो । तर अहिले मूल्य एकदमै महँगो भएको हुनाले १० अर्बको हाराहारीमा पुग्छ होला ।

गत वर्ष २५ अर्बको आयात थियो। त्यो आयात पुग्दैन । बढीमा ३ महिना मात्रै हो । लोडसेडिङ नै हुन्छ भन्ने कुरा आएको छ हुँदैन । अहिले कै मूल्य रहयो भने ३५ दिनको समय आकलन गरेका छौं । ३५ दिनको लागि १६ रुपैयाँ नै तीनु प¥यो भने करिब ८ अर्ब बढी रमक पर्ने रहेछ । एक दिनमा २२ करोड एक दिनमा पर्छ । छोटो समयमा मँहगो भए पनि उद्योगलाई सजिलो होस् भनेर प्राधिकरण लागेको छ ।

नीजी क्षेत्रसँग सहयोग गर्नु भनेर माग गरेका छौं । छोटो समयको लागि भए पनि महँगो भएर पनि विद्युत किने उद्योग चालाउने प्राधिकरणको योजना छ । हामी विद्युतमा आत्मनिर्भर हुँदै गएका छौं । गर्मी महिनामा अभाव भए पनि असार पछि भारतलाई बेच्न सक्नु हामी सहज अवस्थामा छौं । उपभोताको आत्मावल बढोस भने हो । विद्युत खपत बढाउनु हो । सुख्खा समयको अभाव आएको छ । संधै यस्तो हुँदैन । तर लोडसेडिङ हुँदैन । जति खपत गर्न सकिन्छ , प्राधिकरण विद्युत दिन तयार छ । २०० मेगावट असार सम्म आउँदैछ ।

८ सय मेगावटको सात वटा आयोजनाहरु भारतसँग समन्वय गरेका छौं । सुख्खा समय भन्दा अगाडि गर्ने योजना बनाएको छ। नेपालमा विद्युत खपत बढाउनु पर्छ । अहिले अभाव देखेर खपत बढाउने होइन्। अहिले उद्योगहरुलाई घरघरमा गएर विद्युत खपत बढाउन अभियान चलाएका छौं । उद्योगले चाहे जति विद्युत दिन तयार छ । अहिले केही मूल्य बढेको छ । संधै यस्तो हुँदैन ।’

कार्यकारी निर्देशक घिसिङले महँगोमा विद्युत आयात गरे पनि उद्योगहरुलाई विद्युतको मूल्य नबढाउने बताउनु भयो । उहाँले विद्युत प्राधिकरण उद्योगप्रति उत्तरदायी भएर प्राधिकरण घाटामा गए पनि महँगोमा विद्युत किनेर उद्योलाई दिन लागिएको दाबी गर्नु भयो । भारतबाट ल्याउने बिजुलीको मूल्य प्रतियुनिट ३८ रुपैयाँ पर्ने भएको छ । पछिल्लो समय प्राधिकरणले औसत ११.३३ पैसा भारु (१८ रुपैयाँ) मा बिजुली किन्दै आएको थियो । भोलिपल्टको बिजुली किन्न प्राधिकरणले एक दिनअघि बिड गर्नुपर्छ ।

बिहीबार बिड गरेको दरमा शुक्रबार मात्र बिजुली पाइन्छ । प्राधिकरणले दैनिक प्रतिस्पर्धामा भारतबाट बिजुली किनिरहेको छ । बिजुली खरिद बिक्रीका लागि भारतको विनिमय बजारमा ९६ वटा ब्लक छन् । विद्युत प्राधिकरणले ती ब्लकमा बिजुली किन्न प्रतिस्पर्धा गर्नुपर्छ । भारतमा बिजुलीको भाउ न्यूनतम सीमा २० रुपैयाँ भारु तोकिएको छ । नेपालमा साँझको समयमा बिजुलीको माग १६०० मेगावाट पुग्ने गरेको प्राधिकरणले बताएको छ ।

भारतमा बिजुली महँगो हुने भएपछि माथिल्लो तामाकोसी, कालीगण्डकी, मध्यमर्स्याङ्दी र मर्स्याङ्दी आयोजनाको पानी जम्मा गरी साँझ पूर्णक्षमतामा चलाउँदै आएको प्राधिकरणले बताएको छ । यी आयोजनाबाट दिउँसो कम बिजली उत्पादन हुने गरेको छ । अहिले प्राधिकरणका आफ्ना आयोजनाबाट ५२२, सहायक कम्पनीका आयोजनाबाट ३११, निजी उत्पादनकबाट ३१० मेगावाट आपूर्ति भइरहेको बताएको छ ।