• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

चैत्र महिनाभित्रै सुख्खा बन्दरगाह सञ्चालन हुन्छः कार्यकारी निर्देशक गजुरेल



काठमाडौं । काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालनमा आउने भएको छ ।

असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि संचालनमा आउन लागेको हो । बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्नुहुँदै इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालन हुने बताउनुभयो । समितिले सम्पूर्ण काम सकेकाले उद्घाटनको तयारी थालिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘निर्माण सम्पन्न त गत असारमै भएको हो । अब यहाँ जुन सरोकारवाला निकाय छौँ हामी इन्टरमोडेल यातायात विकास समिति, भन्सार विभाग, क्वारेन्टीन भयो । अब हाम्रो तयारी सकिएको छ । अब हामी तयारी अबस्थामा छौँ । चाडैँ उद्घाटन गरेर सञ्चालन गर्ने हिसाबले कामलाई तिव्रता दिइराखेका छौँ ।’

यस सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो । भन्सार प्रक्रियाको सहजीकरण सुख्खा बन्दरगाहमा आइसकेपछि मात्रै हुने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘अहिले हाम्रो जतिपनि सुख्खा बन्दरगाहहरु छन्, कि चीनको नाका कि भारतको नाकासँग हो । अहिले हामीले भारतको नाका जोडिएको बन्दरगाहहरुमा जुन आउँछ, काठमाडौं आउने सामान काठमाडौंमै ल्याएर भन्सार चेकजाँच गराउने, भन्सार पास गराउने र यहाँ त्यो सुविधा प्रदान गराउने भन्ने नै उद्देश्य हो । त्यस हिसाबले अहिले हामी भारतबाट आउने सामानहरु काठमाडौं सुख्खा बन्दरगाहमा आएर यहाँ भन्सार प्रक्रिया पूरा गरेर व्यापारी, व्यवसायीको सामानहरु कन्ज्युमर सम्म पुग्ने त्यो अवस्था त्यो सहजीकरण हुने भयो यसबाट ।’

उहाँले सामग्री लिएर चोभारको बन्दरगाहसम्म आउने कन्टेनरमा अहिलेको नाकाको भन्सारले सिल लगाइदिने र जिपिएस सिस्टम जडान गरेर पठाउने बताउनुभयो । यसरि सिल लगाएर र जिपिएस सिस्टम जडान गरेर पठाइएका कन्टेनरहरु सुख्खा बन्दरगाहमा आएपछि सिल र जिपिएस चेक गरेर मात्रै भन्सार पास हुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘अहिलेको हाम्रो एरेजमेन्ट चाहीँ कस्तो हो भन्दाखेरी जति पनि हाम्रो अहिले भइराखेको जस्तो विरगञ्जकै सुख्खा बन्दरगाह कुनै एउटा सवारी साधन मालसामान लिएर भित्रिदै छ भने त्यहाँ एउटा सिल लगाइदिने । हामीले चाहीँ अहिले कन्टेनरको कुरा गरिराखेका छौँ । त्यसमा सिल लगाइदिने । र त्यसपछि जिपिएस सिस्टम जडान गर्ने । र जिपिएस सिस्टम जडान गरेर त्यहाँबाट सिल नतोडिकन जिपिएस चलिराखेको अवस्थामा यो चोभारको सुख्खा बन्दरगाहमा आउँछ । यहाँ आएपछि जिपिएस चेक हुन्छ । सिल चेक हुन्छ । त्यसपछि भन्सार प्रक्रिया हुन्छ । भन्सार पास हुन्छ ।’

बन्दरगाहमा आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारहरुको व्यवस्थापन भइसकेको इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिनुभयो । सबै पूर्वाधारहरुको व्यवस्थापन भइसकेकाले बन्दरगाह सहज रुपमा सञ्चालन हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सुख्खा बन्दरगाह भन्न बित्तिकै मेन हामीले भन्सार चेकजाँचको फेसिटेशन गर्ने हो । आयात पनि निर्यात पनि । त्यसको लागि भन्सार प्रक्रिया पूर्ण नभइकन न आयात हुन सक्छ न निर्यात हुन सक्छ । भन्सारको सहजीकरणको लागि चाहिएको पूर्वाधार यो सुख्खा बन्दरगाहमा हुन्छ । जस्तै त्यसमा गाडी छिर्नलाई इन्ट्री चाहियो । राम्रो व्यवस्थित गेटको सुविधा हुनुप¥यो । सामान जोख्न धर्मकाँटा त्यसको व्यवस्थापन हुनुप¥यो । एप्रिजेल सेटको संरचना हुनुप¥यो । कति प्रक्रिया नपुगेको, कागजपत्र नभएको त्यस्तो अवस्थामा व्यापारी, व्यवसायीले हामी केही दिनको लागि सामान स्टोर गर्छौ भन्यो भने त्यसको लागि गोदाम उपलब्ध गराउँछौँ । कन्टेनरका लागि पार्किङ यार्ड र सवारीका लागि पनि पार्किङस्थलहरु बनाएर राखेको छौँ । बैंकको लागि स्पेश दिन्छौँ । क्वारेन्टीनको लागि स्पेश दिन्छौँ । रातिको लागि लाइटिङ सिस्टम भयो, इमर्जेन्सीको लागि फायर फाइटिङ भयो । सुरक्षाको लागि सिसी क्यामेराहरु भयो, यो सबै कुरा सुख्खा बन्दरगाहमा हुन्छ र यसले भन्सार चाँज पासको लागि सहजीकरण गर्ने भयो ।’

इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले नेपालगञ्ज र रसुवाको टिम्मुरेमा पनि सुख्खा बन्दरगाह निर्माण भइरहेको बताउनुभयो । मुस्ताङ र कञ्चनपुरमा पनि बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘चलिराखेको भनेको विरगञ्जमा एउटा सुख्खा बन्दरगाह जुन रेलबाट जोडिएको छ । अर्को विरगञ्ज एकिकृत जाँच चौकी । अर्को भैरहवामा सुख्खा बन्दरगाह भयो । काकडभिट्टामा पनि सुख्खा बन्दरगाह छ । र तातोपानीमा पनि सुख्खा बन्दरगाह छ । यति सञ्चालनमा भइरहेको संरचनाहरु हुन् । त्यो बाहेक नेपालगञ्जमा निर्माण भइराखेको छ । जुन भारत सरकारको सहयोगमा । त्यस्तै रसुवाको टिम्मुरेमापनि चीन सरकारको सहयोगमा निर्माण भइराखेको छ । अर्को कोरोलामा मुस्ताङमा पनि हामीले सम्भाव्यता अध्ययन ग¥यौँ र यसपालि हामी इआइए गर्दैछौँ । र विस्तृत सम्भाव्यता अध्ययन पनि गर्दैछौँ । त्यस्तै अर्को हाम्रो प्रायरोटीमा दोधारा–चाँदनी पनि छ जुन सुदूरपश्चिमको कञ्चनपुर जिल्ला अवस्थित ठाउँमा सुख्खा बन्दरगाह बनाउने भनेर लागेका छौँ । त्यहाँ हामीले जग्गा एकिन गरिसकेका छौँ । त्यहाँ बातावरणिय प्रभाव मुल्यांकनको काम सुरु गरिसकेका छौँ । टिओर स्वीकृत भइसकेको छ वन तथा वातावरण मन्त्रालयबाट । अरु नाकाहरु किमाथांका, जलेश्वर विभिन्न ठाउँहरुमा नयाँ बन्दरगाहहरुको आवश्यकता छ कि छैन, चाहिन्छ कि चाहिदैनँ, त्यो हिसाबले उत्तरी नाका र दक्षिणी नाका दुवैतिर हामीले अध्ययनलाई निरन्तरता दिइराखेको अवस्था छ । सञ्चालन भइराखेको जतिपनि सुख्खा बन्दरगाह छ त्यसलाई अपग्रड गर्न अध्ययन गरेर अझ प्रविधिमैत्री बनाउन काम गरिराखेको अवस्था छ ।’

हाल विरगञ्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा रहेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिनुभयो । सञ्चालन भइरहेका बन्दरगाहलाई पनि अझ प्रविधिमैत्री रुपमा अगाडी बढाउन काम गरिरहेको उहाँले बताउनुभयो ।