३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

चीनले चन्द्रमाबाट ल्याएको चट्टानका नमुना अहिलेसम्मकै कम समयको

चीनले चन्द्रमाबाट ल्याएको चट्टानका नमुना अहिलेसम्मकै कम समयको
अ+ अ-

चीनको चाङ्ग-अ फाइभ मिशनले चन्द्रमाबाट गत डिसेम्बरमा ल्याइएको चट्टानका नमुना तुलनात्मक रूपमा निकै कम समयको रहेको पाइएको छ।

वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय दलले त्यसको समीक्षा गरेर हेर्दा ज्वालामुखीबाट निस्केको लाभाको ठोस स्वरूप दुई अर्ब वर्ष पुरानो मात्र रहेको पाएको हो।

त्यसको तुलना अमेरिकी एपोलो मिशनले ल्याएका नमुनासँग गरिएको थियो जुन तीन अर्ब वर्षभन्दा पुराना थिए। त्यस्तो निष्कर्षलाई वैज्ञानिक जर्नलमा प्रकाशित गरिएको छ।

चीनको रोबटिक मिशनले चन्द्रमाको 'ओशन अफ स्टोर्म्स' भनिने अहिलेसम्म नपुगिएको स्थानबाट नमुना सङ्कलन गरेको थियो।

उक्त स्थान यसअघिका नमुनासँगको तुलना गरेर चन्द्रमा बारेको ज्ञान बढाउनका लागि निकै सजगतापूर्वक चयन गरिएको थियो।

न्द्रमाबाट अन्तिम पटक सन् १९७६ को सोभियत अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुङ्गा र माटो ल्याएको थियो।

एउटा चिनियाँ अध्ययन संस्थानले उक्त नमुनाको अध्ययनको नेतृत्व गरे पनि त्यसमा वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय समूह संलग्न छ।

उनीहरूले थाहा पाएको चट्टानको त्यस्तो आयु रोचक हुनुको कारण चन्द्रमामा सोचिएभन्दा निकै पछि अर्को ज्वालामुखीको प्रक्रिया देखिनु रहेको छ।

त्यसले उक्त सानो खगोल पिण्ड सेलाएको र गतिविधिहरू कम भएको देखाउँछ। यसले चन्द्रमा जस्तो सानो पिण्डले समेत कसरी उत्पत्तिको साढे दुई अर्ब वर्षपछि पनि लाभा उत्पादन गर्नेगरी पर्याप्त ताप सञ्चय गर्न सक्यो भन्ने प्रश्न उब्जाएको छ।

वैज्ञानिकहरूले अब नयाँ ढङ्गले लामो समयपछि देखा परेको त्यस्तो व्यवहारका लागि के कस्तो तापीय स्रोतले काम गरे भनेर सोच्नेछन्। (बीबीसी)