१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता

रुसी आक्रमणको डर, फ्रान्सद्वारा ३० वर्षपछि आणविक बमले सुसज्जित तीन पनडुब्बी तैनाथ

रुसी आक्रमणको डर, फ्रान्सद्वारा ३० वर्षपछि आणविक बमले सुसज्जित तीन पनडुब्बी तैनाथ
अ अ+ अ-

एजेन्सी

पेरिस । युक्रेन युद्धको ३० दिन बितिसक्दा पनि रुसले जित्न नसकेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट आणविक हमला हुने डर बढ्दै गएको छ ।

रुसी सेनाले आफ्नो अति विनाशकारी हाइपरसोनिक क्षेप्यास्त्र र धेरै घातक रकेटमार्फत युक्रेनमा बमको वर्षा गरिरहेको छ तर त्यसले खासै सफलता पाउन सकेको छैन।

जसका कारण रुसले युक्रेनको राजधानी किभमा आणविक हमला गर्ने डर बढेको छ ।

यही खतरालाई मध्यनजर गर्दै अब नेटो सदस्य फ्रान्सले दशकौँपछि आफ्ना तीन वटा परमाणु बमले सुसज्जित पनडुब्बी समुद्रमा खसालेको छ ।

फ्रान्सेली मिडियाको रिपोर्टअनुसार लगभग ३० वर्षपछि फ्रान्सले आफ्ना तीन वटा पनडुब्बीलाई समुन्द्रमा गस्तीका लागि सँगै अवतरण गरेको यो पहिलो पटक भएको हो ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि युक्रेन युद्धलाई ध्यानमा राख्दै आफ्नो आणविक शक्तिलाई सचेत गराउँदै नेटो देशहरूलाई चेतावनी दिएका थिए ।

प्रतिवेदनमा भनिएको छ कि फ्रान्सको ट्रायम्फन्ट–वर्ग आणविक क्षेप्यास्त्रहरूले सुसज्जित चार पनडुब्बीमध्ये दुईले आफ्नो आधारहरू छोडेका छन्, जसले एट्लान्टिक महासागरमा स्थायीरूपमा गस्ती जारी राख्छन्।

आणविक पनडुब्बी पहिले नै समुद्रमा अवस्थित छ। पछिल्लो तीन पनडुब्बी करिब ३० वर्षअघि शीतयुद्धको समयमा सँगै तैनाथ गरिएको थियो ।

यसै क्रममा अमेरिका र सोभियत सङ्घबीच मध्यम दूरीका क्षेप्यास्त्रलाई लिएर विवाद भएको थियो ।

फ्रान्सका राष्ट्रपतिको प्रत्यक्ष कमाण्डमा आउने यी पनडुब्बीहरू खतरालाई मध्यनजर गर्दै तैनाथ गरिएको रक्षा विज्ञहरू बताउँछन् ।

यी आणविक पनडुब्बीहरू संसारको जुनसुकै ठाउँमा जान सक्छन् र महिनौँसम्म पानीमुनि लुकेर बस्न सक्छन्। फ्रान्सेली पनडुब्बीसँग १६ आणविक वारहेडले सुसज्जित मिसाइल बोक्ने क्षमता छ। यो परमाणु बम १५० किलोटनको छ।

यसको मार हान्ने क्षमता छ हजार किलोमिटरदेखि आठ हजार किलोमिटरसम्म छ। यसैबीच फ्रान्सेली सेनाले हवाई प्रक्षेपण गर्ने आणविक क्षेप्यास्त्रको सफल परीक्षण गरेर आफ्नो नियत स्पष्ट गरेको छ ।