१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेटोले युरोपमा थप सैनिक पठाउने



अ+ अ-

ब्रसेल्स । उत्तर एटलान्टिक सन्धी संगठन, नेटोले पूर्वी युरोपमा थप सैन्य पठाउने जानकारी गराएको छ । नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवत नेटो आवद्ध राष्ट्रहरुले यसलाई सहमति प्रदान गर्ने बताउनुभयो ।

नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिकको आवश्यकता रहेको आफ्नो बिचार व्यक्त गर्नुभयो ।

उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभयो – मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध राष्ट्रहरुले यसलाई समर्थन गर्नुहुने छ । (रासस/सिन्ह्वा)