२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवा र एमबैंकबीच सम्झौता, एमबैंकसँग आबद्ध ४ सय ५० बढि सहकारीमा थप डिजिटल कारोबार गर्न सकिने



अ+ अ-

काठमाडौं । डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सबैभन्दा बढि सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ । सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले  दुई कम्पनीबीच सहकार्य भएको हो । सम्झौतासँगै एम बैंकले सेवा दिइरहेका ४ सय ५० बढि सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिने भएको छ । 

इसेवासँगको सहकार्यसँगै अबदेखि एम बैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्स्फर, इसेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, सेयर खरिदको भुक्तानी, मेरो सेयर÷डिम्याट नविकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा उपयोग गर्न पाइनेछ । हाल स्क्यान एण्ड पे सेवाको सुरूवात भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुनेछन् ।

 मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख २५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । 

सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राउने र सर्भिस दिनेमा ‘एम बैंक’ सबैभन्दा अगाडी छ । जुनसुकै सफ्टवयर चलाउने सहकारीले पनि ‘एम बैंक’ को सेवा सजिलै लिन सक्ने छन्  ! एम बैंक नेपालमा सबैभन्दा बढि सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने कम्पनी हो । कम्पनीले हालसम्म ४ सय ५० बढि सहकारीलाई डिजिटलाइज गरिसकेको छ । कम्पनीले सहकराी क्षेत्रमा नयाँ प्रविधि भित्राउँदै सेवा दिँदै आएको छ ।