१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबारको संयोग: एमाले टोली फर्कदै, माओवादीको टोली जाँदै, विदेशमन्त्री आउँदै



अ+ अ-

काठमाडौं । नेपालका नेताहरुको विदेश भ्रमणमा आउँदो शुक्रबार एक गज्जबको संयोग जुरेको छ । त्यस दिन नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको नेतृत्वमा गत सोमबार चीन गएको पार्टीको प्रतिनिधिमण्डल स्वदेश फर्कदै छ ।

चीनको कुन्मिङमा आयोजना भएको एक कार्यक्रममा भाग लिन गएको त्यस टोलीमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल रहनुभएको छ ।

उता एमालेको टोली फर्किने नै दिन पारेर माओबादीको एक टोली चीन जाने कार्यक्रम तय भएको छ । प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुन, उहाँकी श्रीमती तथा माओवादी नेत्री ओनसरी घर्ती र अर्का माओबादी नेता देव गुरुङ चीन जादैं हुनुहुन्छ । नेता पुन उपचार गराएर गत माघ १० मा मात्रस्वदेश फर्कनु भएको थियो ।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंशाणुगत जण्डिसको उपचार पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा गराएर स्वदेश फर्कनु भएको थियो ।

नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार भएको थियो । सोही उपचारको लागि पुन चीन जान लाग्नु भएको हो । यस पटक उहाँसँग नेता देब गुरुङ पनि चीन जादै हुनुहुन्छ ।

त्यस दिन अर्काे एक संयोग पनि जुरेको छ चिनियाँ विदेशमन्त्री नेपाल आउने । आगामी शुक्रबार साँझ नै चिनियाँ बिदेशमन्त्री वाङ यी भारत हुँदै नेपाल आउने कार्यक्रम रहेको छ । विदेशमन्त्री वाङ यीले राष्ट्रपति, प्रधानमन्त्री, नेकपा एमाले अध्यक्ष केपी ओली, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।