९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबारको संयोग: एमाले टोली फर्कदै, माओवादीको टोली जाँदै, विदेशमन्त्री आउँदै



अ+ अ-

काठमाडौं । नेपालका नेताहरुको विदेश भ्रमणमा आउँदो शुक्रबार एक गज्जबको संयोग जुरेको छ । त्यस दिन नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको नेतृत्वमा गत सोमबार चीन गएको पार्टीको प्रतिनिधिमण्डल स्वदेश फर्कदै छ ।

चीनको कुन्मिङमा आयोजना भएको एक कार्यक्रममा भाग लिन गएको त्यस टोलीमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल रहनुभएको छ ।

उता एमालेको टोली फर्किने नै दिन पारेर माओबादीको एक टोली चीन जाने कार्यक्रम तय भएको छ । प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुन, उहाँकी श्रीमती तथा माओवादी नेत्री ओनसरी घर्ती र अर्का माओबादी नेता देव गुरुङ चीन जादैं हुनुहुन्छ । नेता पुन उपचार गराएर गत माघ १० मा मात्रस्वदेश फर्कनु भएको थियो ।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंशाणुगत जण्डिसको उपचार पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा गराएर स्वदेश फर्कनु भएको थियो ।

नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार भएको थियो । सोही उपचारको लागि पुन चीन जान लाग्नु भएको हो । यस पटक उहाँसँग नेता देब गुरुङ पनि चीन जादै हुनुहुन्छ ।

त्यस दिन अर्काे एक संयोग पनि जुरेको छ चिनियाँ विदेशमन्त्री नेपाल आउने । आगामी शुक्रबार साँझ नै चिनियाँ बिदेशमन्त्री वाङ यी भारत हुँदै नेपाल आउने कार्यक्रम रहेको छ । विदेशमन्त्री वाङ यीले राष्ट्रपति, प्रधानमन्त्री, नेकपा एमाले अध्यक्ष केपी ओली, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।