१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा तालमेल भए त्यसको लाभ आफ्नो पार्टीलाई : नेता भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताउनुभएको छ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाउनुभएको हो । उहाँले स्थानीय तहको निर्वाचनमा एमालेले केन्द्रीयस्तरमा घोषणा गरेर कुनै पनि दलसँग तालमेल नगर्ने पनि स्पष्ट गर्नुभयो ।

उहाँका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा होमिनुपर्ने आह्वान गरिएको छ । प्रतिवेदनमा स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टीप्रति प्रतिबद्ध, विगतको निर्वाचनमा विजय हासिल गरेको भए निजले गरेका काम राम्रो हुनुपर्ने, चारित्रिक हिसाबले असल र क्षमतावान् हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । बैठकमा विभिन्न प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्दै पार्टी तल्लो तहसम्म पुनःसङ्गठित भएको र विभाजनको खासै असर नपरेको अवगत गराएका छन् ।