१ आश्विन २०८३, बिहीबार
,
Latest
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कमिटीमा ११ वटा कार्यसूची तय



अ+ अ-

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक अहिले बसिरहेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने र त्यसमाथि छलफल हुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकका कार्यसूचीमा रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, विभागहरूको गठन, स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया, घोषणापत्र तयारी, पार्टीको बार्षिक क्यालेन्डरको तयारी रहेका छन् ।

त्यस्तै पार्टी स्थापना दिवस, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन, लेखा तथा आर्थिक व्यवस्थापन विनियम विविध गरी ११ वटा प्रस्ताव पेस गरिने कार्यसूची तय गरिएका छन् ।