• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

करिश्मा र सिंहलाई पार्टी प्रवेश गराउँदै ओलीले भन्नुभयो : पार्टीले बहुमत ल्याउँछ



काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गर्नु भएको छ ।

मंगलबार काठमाडौंमा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । मधेशले समृद्धि खोजेको उल्लेख गर्दै उहाँले सो काम एमालेले मात्रै पूरा गरेर देखाउने बताउनु भयो । अध्यक्ष ओलीले जय मधेश भन्ने नै एमालेले भएको पनि जिकीर समेत गर्नु भयो ।

एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि काम गरेको उहाँको दावी थियो । अध्यक्ष ओलीले भन्नु भयो, ‘आगामी इलेक्सनमा हामी बहुमत ल्याउछौं । र, ल्याउनुपर्छ यस देशका लागि । म साथीहरुलाई आग्रह गर्न चाहन्छु– हामीले बहुमत ल्याउनपर्छ, ल्याउने गरी लाग्नुस । देश र जनताको हितका लागि पनि एमालेले बहुमत ल्याउनुपर्छ । समृद्ध नेपाल बनाउनुपर्छ । यहाँ शिव पटेलजीले जय मधेश भन्ने पुरानो बानी छ भन्नु भयो । अव जय मधेश भन्ने नै एमालेले हो । मधेशको जय गर्नै एमालेले हो । मधेशले समृद्धि खोजेको छ, त्यसको नेतृत्व एमालेले गर्छ ।’

अध्यक्ष ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । सिंगो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाहरुको हित नहुने भन्ने हुनै नसक्ने उहाँको तर्क थियो । अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको उल्लेख गर्दै उनीहरुलाई आफ्नो पार्टीले देशको हितमा काम गरेकोमा सन्तुष्टि मिल्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘म सबै साथीहरुलाई ढुक्क हुन आग्रह गर्दछु ।

आफ्नो राजनीतिक भविष्य के हुन्छ भन्ने होईन् । देशकै राजनीतिक भविष्य सुदृढ हुन्छ भने, देशको सीमा सुरक्षा हुन्छ भने, देशको सार्वभौमसत्ता सुरक्षा हुन्छ भने, स्वाधिनता र स्वतन्त्रता सुरक्षित हुन्छ भने, राष्ट्रिय हितहरुको सुरक्षा हुन्छ भने नेपालको लोकतन्त्रको सुरक्षा हुन्छ भने यस्तो स्थितिमा हाम्रा हितहरु सुरक्षित नहुने भन्ने हुँदैन । सिंगै देश सुरक्षित हुन्छ । सिँगै देशका हितहरु सुरक्षित हुन्छन । र, हामी सबै सुरक्षित हुन्छौं । त्यसकारण म साथीहरुलाई ढुक्क भएर काममा लाग्न, अगाडि बढन हार्दिक आग्रह गर्दछु । कसैले पनि किन एमालेमा प्रवेश गरिएछ भन्ने हुँदैन ।’

समाजवादी जनता पार्टीनै एमालेमा समाहित गर्नु भएका पूर्वमन्त्री प्रेमबहादुर सिंहले केपी ओलीजस्तो दूरदृष्टि र राष्ट्रवादी नेताको नेतृत्वमा राष्ट्र निर्माणका काममा समाहित हुन एमाले प्रवेश गर्नु परेको बताउनु भयो । त्यस अवसरमा उहाँले आफ्नो पार्टी र आफ्नो प्रवेशले एमालेलाई झनै सुदृढ बनाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

चर्चित अभिनेत्री करिश्मा मानन्धरले केपी ओलीको देश र जनताप्रतिको प्रतिवद्धता र त्यसका लागि आवश्यक क्षमता र कौशलताका कारण आफू एमाले प्रवेश गरेको बताउनु भयो । उहाँले कुनै पद भन्दा पनि एमालेमा रहेर देशको हितमा काम गर्ने चाहना आफूमा रहेको पनि बताउनु भयो ।

अभिनेत्री मानन्धरले एमालेको गुणगान गाउनेहरु देशभर रहेकाले पनि आफूलाई सो पार्टीमा प्रवेश गर्न प्रेरित गरेको बताउनु भयो ।