• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

आईपीएल खेल्नका लागि भारत आउन मोइन अलीले भिसा पाएनन्



एजेन्सी । आईपीएलको १५ औं सिजन मार्च २६ बाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच वानखेडे स्टेडियममा हुनेछ । यो खेलअघि  चेन्नईलाई तनाव निकै बढेको छ । 

इंग्लिस स्टार अलराउन्डर मोइन अलीले विगत २० दिनदेखि भारत आउन भिसा पाएका छैनन् । 

क्रिकबजको रिपोर्टका अनुसार चेन्नईका सीईओ काशी विश्वनाथले मोइनले २८ फेब्रुअरीमा भिसाका लागि आवेदन दिएको बताएका छन् । 

त्यो आवेदन दिएको २० दिन भइसकेको छ । उनी लगातार भारत आउने क्रममा रहेपनि उनले अहिलेसम्म यात्राको अनुमति पाएका छैनन् । 

‘मोइनले कागजपत्र पाएपछि अर्को फ्लाइटमा उड्ने बताएको छ । यस मामिलामा बीसीसीआईले पनि हामीलाई मद्दत गर्न आफूलाई संलग्न गरेको छ । हामी आशा गर्दछौं कि उनीहरूले सोमबार, मार्च २१ सम्ममा कागजातहरू पाउनेछन् ।’ विश्वनाथले बताए । 

मोइन अलीले आफ्नो अलराउन्ड प्रदर्शनका साथ गत वर्ष चेन्नईलाई चौथो उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले १५ खेलमा ३५७ रन बनाउनुका साथै ६ विकेट पनि लिएका थिए । यही कारणले गर्दा आइपिएल २०२२ को लागि पनि फ्रेन्चाइजले उनलाई ८ करोडमा रिटेन गरेको थियो ।