१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय माग्न आएका निहत्था नारीमाथि सिंहदरबारको यो बर्बरता !



अ+ अ-

काठमाडौं  । काठमाडौँबाट ५१५ किलोमिटर टाढा । बसमा यात्रा गर्दा झण्डै १२ घण्टाभन्दा बढी समय लाग्छ नेपालगञ्ज पुग्न । तराईको प्रचण्ड गर्मी  छिचोल्दै नेपालगञ्जबाट २० दिन हिडेर अधिकारकर्मी रुबी खानसहितका महिलाको टोली सिंहदरबारको पूर्वी ढोका नजिकै आइपुग्यो । स्थानीय सरकारले नसुनेको नटेरेको र हेपेको माग केन्द्र सरकारले सुनिदिन्छ होला न्याय मिल्छ कि भन्दै आए उनीहरु । 

न्यायका लागि ११ दिनदेखि सिंहदरबारको सामुन्ने धर्ना (भिडियो रिपोर्ट)

उनीहरुको माग थियो साउन ६ गते बाँकेको जानकी गाउँपालिका २ स्थित नेवाजी गाउँकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र नेपालगञ्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्र्मीको अज्ञात अवस्थाबारे प्रहरीले खोजतलास गरोस । दोषी उपर कारबाही होस । तर बाँके प्रशासनले वास्ता नगरेको विषय सिंहदरबारले सुन्न त पर नै जाओस २० दिनको हिडाइले सुनिएका गोडा माईतिघरमा पसार्न नपाउँदै प्रहरी लगाएर धरपडक गर्ने कामभयो । 

हिड्दा हिड्दा ठेला परेर जिलजिलएका खुट्टामा उल्टै प्रहरीको बुट बज्रियो । अभियानकी अगुवा रुवी खानलाई प्रक्राउ गर्यो त्यो पनि मध्यराति एक महिलालाई ठूलो सख्याको प्रहरी आएर । कस्तो निर्लज्जता ? 

अझ अर्काे दुःखद पक्ष त के छ भने पक्राउ मात्र गरेन, सरकारले झण्डै वेपत्ता जस्तै बनायो । नन्कुन्नी र निर्मलालाई न्याय माग्न आएकाहरु रुवीलाई नै राज्यबाट अपहरण शैलीमा लगेपछि अन्योलमा परे । अधिवक्ता मोहना अन्सारी सहितको कानूनव्यवसायीको टोलीलेले सर्बोच्च अदालतको ढोका ढकढक्याएपछि अदालतले पटक पटक दिएको निर्देशनात्मक आदेशपछि खान राज्यको पञ्जाबाट फुत्कनु भयो तर जे माग लिएर आउनु भएको थियो त्यो माग त १२ दिन सम्म्म पनि छेबैको सिहदरबारले सुनेको छैन । 

सर्बोच्चको आदेशपछि अधिकारकर्मी रुवी खान रिहा

सिंहदरबारले मात्र होईन बिगतमा प्रचारमुखी आन्दोलनमा लागि फोटो खिचाउन मण्डलामा पुग्ने 'नागरिक अभियन्ता' लगायत दल निकट 'स्वतन्त्र व्यक्तिहरु"ले पनि सुनेको नसुको झैँ गरिरहेका छन् । यो महिलाहरुले लडेको न्यायको लागि हो ताकी यसबाट त्यो वर्गलाई खासै हानी नभए पनि लाभ हुदैन । हुन सक्छ नयाँ सरकार आएपछि राज्यका तर्फबाट धेरै अबसरमा ढोकाहरु खुल्छन्, किन चिढाउने भन्ने मनोभाबले काम गरेको पनि हुनसक्छ । नत्र  झण्डै एक महिनाभन्दा अघि देखिको  अभियानले जति उचाई पाउनुपर्ने हो त्यो पक्कै पनि पाएको छैन ।

नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा घाम न झरीको पर्वाह नगरी धर्नामा बसेका छन् । सरकारले छापामार शैलीमा लगेका रुबीले माग पुरा नहुदा सम्म अभियान नरोकिनके भन्दै आमरण अनसन सुरु गर्नुभयो । हिरासत मुक्त भएपनि उहाँ हाल उपचारका क्रममा बीर अस्पतालमा अनसनसहित आफ्नो अभियानलाई निरन्तरता दिनुभएको छ । 

बाँकेका दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरेको थियो । बाँके प्रशासनले कुरा नसुनेपछि पीडित परिबार  असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रासहित काठमाडौँसम्म आईपुगेको थियो । 

यी बीर महिलाको समूहले ठानेको थियो कि उनीहरुले नेपालगञ्जबाट तय गरेको यात्रासँगै देशले उनीहरुको यो साहसका बारेमा बोल्छ । तर यस्तो लाग्यो कि मुलुकमा मिडिया र मानवअधिकारकर्मी नै छैनन् । उनीहरुको २० दिनको यात्राको कहीँकतै चर्चा भएन, बल दिइएन । मानौँ कि चन्द्रशमशेरसँग न्याय माग्न सिंहदरबार आएजस्तै कसैले कुनै प्रसंग उठाएन । बरु माइतीघर मण्डेलामा आएर यसो बिसाई फेर्न के खोजेका थिए अनि प्रहरीले मध्यरातमा एक निहत्था महिलालाई मानौँ कि एकजना अन्तर्राष्ट्रिय आतंकवादीको नाइकेको शैलीमा प्रहरी भ्यानमा हालेर बडो कडा सुरक्षा पहरामा लगियो । त्यसपछि बल्ला काठमाडौँको मिडियाले थाहा पायो ।   

उनीहरुले दोषीलाई कारबाही गर्न तथा दोषीउपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गरेका छन् । उनीहरुका अनुसार बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यबहार गरेको आरोप लगाएका छन् । 

२० दिनको पैदल यात्रापछि सिहदरबारको छेवैमा थुचुक्क बसेकाहरुको आँखा सिहदरबारतिर नै पुगिरहेको छ । यी निहत्था र निर्दोष नारीका आँखा सेलाएका छैनन् तर शरिर गल्न थालेको छ । केही समयअघि उखु किसानको आँशु खेपेको मण्डेलाले अन्यायमा परेका यी नारीको आँशुको पनि लेखाजोखा गरिरहेको छ । तर यसको प्रतिक्षा सरकारका गृहमन्त्रीलाई भने महंगो पर्न सक्छ । उत उनले भने निर्दाेष नारीका आँशुको मूल्य अहिलेसम्म थाहा नपाएका पनि हुनसक्छन् । थाहा पाएको भए सायद महिलामाथि मध्यरातमा यस्तो बर्बरता हुन दिँदैनथे होला ।  

न्याय नपाए गोर्खा जानु भन्ने त सबैलाई थाहै छ । सायद त्यही गोरखा सिंहदरबार सरेको हो । तर अहिलेको सिंहदरबार त्यस्तै छैन । गृहमन्त्री बालकृष्ण खाँडका हातबाट निर्दाेष नेपालीले न्याय पाउने लक्षण नै देखिँदैन । यो उनको शैलीले नै देखायो ।

नत्र त यी महिलामाथि यस्तो बर्बरता हुने नै थिएन । त्यसैले खाँडलाई नेपालीको प्रश्न छ– न्याय नपाए कहाँ जानु ?