१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य



अ+ अ-

काठमाडौँ । पहिलोपल्ट घरेलु भूमिमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा प्रतिष्पर्धा गर्न लागेको नेपालको महिला र पुरुष टोली सुखद् प्रदर्शन गर्ने लक्ष्यमा छ ।

नेपालको पुरुष या महिला टोली पहिलोपल्ट सिनियरस्तरको एसिया रग्बी सेभेन्स ट्रफी घरेलु भूमिमा शुक्रवारदेखि खेल्दैछ । शुक्रवारदेखि दुई दिनसम्म एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ काठमाडौंमा शुरु हुँदैछ । जहाँ नेपाली टोलीले आफ्नो प्रदर्शन सुधार गर्ने अपेक्षासहित लामो समयदेखि तयारी पनि गरेको छ । सिर्जना राईको कप्तानीमा रहेको नेपाली टोली र विक्रम पुरीको कप्तानीमा रहेको पुरुष टोलीले यसपल्ट सुखद् प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । घरेलु भूमिमा हुने सेभेन्स ट्रफीलाई विशेष बनाउन नेपाली टोलीले करिव तीन महिनादेखि बन्द प्रशिक्षणसमेत गरेको छ ।

न्युजिल्याण्डका प्रशिक्षक फ्रेड मोए, नेपालका पूर्वकप्तान तथा प्रशिक्षक कृष्ण क्षेत्री र विनोद तामाङले नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए । नेपालमा तेस्रोपल्ट एसियाली स्तरको रग्बी प्रतियोगिता हुन लागेको हो । एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ हुन लागेको हो । शुक्रवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस सेभेन्स ट्रफीमा एशियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएकाछन् । पुरूषमा १४ र महिलामा सात राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका हुन् । महिलामा आठ राष्ट्रको चुनौती तय थियो । आन्तरिक कारणले इरानको सहभागिता नभएको हो । इरानले महिला टोलीलाई सहभागी गराउन लागेको थियो । पुरुषतर्पm चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ भएको छ । नेपालको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तानले चुनौती प्रस्तुत गर्ने भएका छन् ।

समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजाकिस्तान, कतार, साउदी अरब र श्रीलंका तथा समूह ‘डी’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेईं छन् । महिलातर्फ सात राष्ट्रलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स र गुआम, उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इण्डोनेसियाले खेल्नेछन् । सेभेन्स ट्रफी खेल्ने सबै राष्ट्र नेपाल आइसकेको संघका महासचिव घिमिरेले जानकारी दिए ।

सेभेन्स ट्रफीको च्याम्पियन महिला तथा पुरुष टोलीले एशिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । यो प्रतियोगिता एसिया रग्बी सेभेन्स सिरिज २०२५ को छनोटसमेत हो । नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले कार्यक्रमलाई सफल र भव्य बनाउन सरोकारवालाई अनुरोध पनि गरेका छन् । उनले ५६ दिनको बन्द प्रशिक्षणसहित नेपाली टोलीले करिव ४ चार महिनाको तयारी गरेको उल्लेख गर्दै नेपालको लक्ष्य पाँचौं स्थान हासिल गर्नु रहेको बताए ।

सेभेन्स ट्रफीको पहिलो दिन ३० तथा दोस्रो दिन २० गरी कुल ५० खेल हुनेछन् । सिनियर स्तरको एशियाली रग्बी नेपालमा पहिलोपटक हुन लागेको पहिलो पटक हुन लागेको हो । यसअघि एसिया यु–१८ र एसिया यु–२० रग्बी सेभेन्स ट्रफी आयोजना गरेको थियो । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड १० लाख रुपैयाँ रहेको छ ।