१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप

बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप
अ अ+ अ-

मलेखु (धादिङ): साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बिपी राजमार्ग बाढीले बगाएर ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ ।

त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा सवारीको चाप बढेको हो । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चौकीडाँडादेखि सिन्धुलीको सुनकोसी गाउँपालिकाको सिमाना नेपालथोकसम्म झण्डै ९० प्रतिशत सडक क्षतविक्षत छ ।

चौकीडाँडा भन्ने ठाउँमा करिब एक सय ५० मिटर सडक पूरै खोलाले कटान गरेको छ । बिपी राजमार्ग प्रयोग गरेर कोशी प्रदेशको सबै जिल्ला, मधेस प्रदेशको अधिकांश जिल्ला जाने सवारीसाधनले अहिले पृथ्वीराजमार्ग प्रयोग गरिरहेका छन् ।

झ्याप्ले खोलाको पहिरोका कारण चार दिनसम्म रोकिएका सवारीको चाप त छँदैछ त्यसमाथि बिपी राजमार्गमा चल्ने सवारी पनि थपिँदा पृथ्वीराजमार्ग झन व्यस्त बनेकाले सम्भावित दुर्घटना हुन नदिन ६० जना प्रहरी थपगरी राजमार्गमा परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

साना तथा मझौला सवारीलाई मात्रै चल्ने अनुमति भएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलाले सडकको नामनिसाना नरनेगरी बगाएपछि पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुङ्गा मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका हुन् । सर्लाही, महोत्तरी, धनुषा, सुनसरी, मोरङ, पाँचथर, तेह्रथुम, झापालगायत आवतजावत गर्ने सवारीले काठमाडाैँको नागढुङ्गा, धादिङको नौबिसे, चितवनको मुग्लिनबाट नारायणगढ र मकवानपुरको हेटौँडा हुँदै महोत्तरीको बर्दिवास पुगेर आआफ्नो गन्तव्यतिर लाग्ने गरेका छन् ।

बिपी राजमार्ग सञ्चालनमा हुँदा काठमाडौँबाट पाँच घण्टामा बर्दिवास पुगिने भए पनि नागढुङ्गा मुग्लिनको बाटो प्रयोग गर्नुपर्दा काठमाडौँबाट बर्दिवास पुग्न पूर्व जाने सवारीलाई कम्तीमा १३ घण्टा लाग्ने झापा जाँदै गरेको माइक्रोबसका चालक हरिबहादुर राईले बताउनुभयो । “टाइम कार्ड लागू गराएकै भए पनि बनेपा बर्दिवासको बाटो जान पाउँदा बर्दिवास पुग्न पाँच घण्टा जति लाग्थ्यो । नागढुङ्गाबाट मुग्लिन निस्किएर बर्दिवास पुग्न जाम भएन भने १३ घण्टा लाग्छ”, चालक राई भन्नुभयो, “पृथ्वी राजमार्गमा पनि जताततै पहिरोले गर्दा यसै जाम बढिरहेको छ, जोखिमसहित लामो समय लगाएर यात्रुलाई गन्तव्यमा पुर्‍याउनुपर्ने बाध्यता छ ।”

चार दिनसम्म परेको निरन्तरको वर्षात्ले छियाछिया बनेर जोखिमपूर्ण बेनेको सडकमा सवारीको चाप बढेसँगै दुर्घटनाको जोखिम पनि अझ बढेको छ । लामो र छोटो दूरीका सवारीसाधनले राजमार्ग भरिभराउ भएका छन् । सामान्यतया दैनिक १३ हजार सवारी आवतजावत हुने पृथ्वीराजमार्गमा दसैँको रौनकले सवारी र यात्रुको चाप बढेको छ नै बिपी राजमार्गमा चल्ने सवारीले पनि यही सडक प्रयोग गर्न थालेपछि राजमार्गमा सवारीको चाप अत्याधिक भएको हो ।

सवारी चाप बढेसँगै जाम र दुर्घटनाको जोखिम पनि त्यत्तिकै रहेको भन्दै प्रहरीले जोखिमपूर्ण स्थानमा आलोपालो गरी सवारी पास गराउँदै आएको छ । सडक विस्तारको निर्माण कार्यका कारण साँघुरो भएको राजमार्गमा ठाउँठाउँमा झरेको पहिरोले झनै समस्या थपेको हुँदा सडकको अवस्था हेरी सम्यमतापूर्वक सवारी चलाउन ट्राफिक प्रहरी चालकलाई सचेत गराउँदै आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।

पहिरोसहित विभिन्न कारणले सडक एकतर्फी भएका स्थानलाई सवारी गुड्नसक्ने बनाउने र राजमार्गमा प्रहरीको उपस्थिति बढाएर सम्भावित दुर्घटना हुनबाट सचेत गराउने काम भइरहेको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो । “राजमार्गका केही स्थानमा अहिले पनि सवारी एकतर्फी छ । त्यस्ता स्थानमा जाम हुन नदिन प्रहरी निरन्तर खटिरहेको छ”, शाहीले भन्नुभयो ।

ठाउँठाउँको पहिरोका कारण राजमाग एकतर्फी छ । त्यसमाथि चालकहरूले लेन अनुशासन पालना नगर्दा झन धेरै जाम भइरहेको छ । पछिल्लो दिनको अवस्था हेर्दा ट्राफिक प्रहरीले मात्रै दसँैको सवारी आवागमन सञ्चालन गराउनसक्ने अवस्था नरहेको भन्दै नागरिक अगुवाहरूले थुप्रै सुझाव दिइरहेका छन् ।

सशस्त्र प्रहरी र सेनालाई जोखिम देखिएको राजमार्ग क्षेत्रमा परिचालन गरेर राजमार्गको व्यवस्थापन मिलाउनुपर्ने उहाँहरूको सुझाव छ । चालकको लापरबाहीले गर्दा पनि सवारी जाम र दुर्घटना बढिरहेकाले राजमार्गको हरेक एक किलोमिटरमा कम्तीमा एक जना प्रहरी खटाएर चालकलाई कटाइका साथ ट्राफिक नियम पालना गराउनुपर्ने नागरिक अगुवा नरेश खतिवडा सामाजिक सञ्जालमामार्फत सुझाव दिनुभएको छ ।

खतिवडाले स्टाटरमा लेख्नुभएको छ, “चारपाङ्ग्रे गाडी धार्के–शीतापाइला सडकबाट पठाउ, साना गाडी गल्छी–छरछरे–टोखा सडकबाट पनि पठाउन सकिन्छ । ठूला र हेभी गाडीहरूलाई  नौबिसे–नागढुङ्गा सडक निर्वाध प्रयोग गर्नसक्ने स्थिति बनाउँ । एम्बुलेन्स र सुरक्षा फौजलगायत गाडीहरू सुरुङ मार्ग हुँदै आवतजावत गर्ने व्यवस्था मिलाउ । साना तथा फोरह्विलर गाडीलाई त्रिशूली पारी गल्छी–घाटबेंसी परेवारटार सडक प्रयोग गर्न प्रेरित गर । पहिरोले दुःख दिइरहेको ठाउँमा स्काभेटर, लोडर तयारी अवस्थामा राख्न आग्रह गर्नुभयो । “ट्राफिक प्रहरी एकान्त र अप्ठ्यारो ठाउँमा गाडी रोकेर पैसा असुल्नमात्र राजमार्गमा छाडिएको हो भन्ने बुझाइ यात्रुको छ, यो अवस्था तुरुन्त सुधार गरेर राजमार्ग क्षेत्रका स्थानीय जनप्रतिनिधि र सामाजिक व्यक्तित्वको भरपुर उपयोगगरी आमनागरिकलाई सरकार हाम्रो साथमा छ भन्ने कुराको प्रत्याभूति दिलाउन सकिने खतिवडाले प्रष्ट पार्नुभएको छ ।

शङ्कर श्रेष्ठ/रासस