८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबाली नोक्सान



अ+ अ-

काठमाडौं । बेमौसमी वर्षात्का कारण आएको बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबालीको नोक्सान भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश नम्बर १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै कुल ७ अर्ब २२ करोड रुपैयाँ बराबरको २ लाख ५८ हजार ९२ मेट्रिकटन धानमा नोक्सानी पुगेको हो ।

असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले गर्दा यी तीन प्रदेशमा सबैभन्दा बढी क्षति पुगेको छ । हालसम्म यी तीन प्रदेशबाट मात्रै क्षतिको प्रारम्भिक विवरण आएको छ । मन्त्रालयका अनुसार अन्य प्रदेशमा खासै ठूलो क्षति भएको छैन । ती प्रदेशबाट पनि सानोतिनो मात्रामा भएको क्षतिको विवरण मंगलवारसम्म संकलन भइसक्नेछ ।

मन्त्रालयको तथ्यांकअनुसार बाढीपहिरोका कारण सबैभन्दा बढी लुम्बिनी प्रदेश र सबैभन्दा कम प्रदेश १ मा नोक्सानी भएको छ । लुम्बिनी प्रदेशमा ४२ हजार ४ सय २७ हेक्टर जमीनमा लगाइएको ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको १ लाख ६१ हजार २ सय २३ मेट्रिकटन धानबाली क्षति भएको छ । सुदूरपश्चिम प्रदेशमा १८ हजार हेक्टर जमीनमा लगाइएको १ अर्ब ९१ करोड रुपैयाँ बराबरको ६८ हजार ४ सय मेट्रिकटन धानमा पूर्णरूपले क्षति पुगेको ससमाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।




भर्खरै