१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर एमालेको वडा नेतृत्व सर्वसम्मत



अ+ अ-

काठमाडौं । सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको ‘धक्का’ खेपेको प्रमुख प्रतिपक्ष एमाले शनिबार देशैभर वडा नेतृत्व चयन गर्दै महाधिवेशनमा होमिएको छ । मंसिर १०–१२ मा चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको एमालेले आधारभूत तहको कमिटीका अधिवेशनमार्फत पार्टी पुनर्निर्माण अभियान थालेको हो ।

तत्कालीन वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको समूह बाहिरिएपछि संगठनात्मक क्षति व्यहोरेको एमालेले पार्टी पुनर्निर्माण र चुनावी तयारीलाई पहिलो कार्यसूची बनाएको छ ।

विधान महाधिवेशनको तीन सातापछि एमालेले बाढी प्रभावितबाहेक सबै वडामा एकै दिन नेतृत्व चयन गरेको छ । केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभर वडा अधिवेशनको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा ओलीले उन्नतस्तरको समझदारीका साथ वडा अधिवेशन हुने विश्वास व्यक्त गरेका थिए । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङको दाबीअनुसार भर्चुअल माध्यमबाट अध्यक्षको सम्बोधनमा कम्तीमा पाँच लाख कार्यकर्ता सहभागी रहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।