३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

नेपालमा कात्तिक १२ बाट लन्च हुने आईफोन १३ सिरिजको प्रि–बुकिङ खुल्ला

नेपालमा कात्तिक १२ बाट लन्च हुने आईफोन १३ सिरिजको प्रि–बुकिङ खुल्ला
अ+ अ-

काठमाडौं । नेपालमा एप्पलको लागि एक मात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागि आफ्नोप्रि–बुकिङको घोषणा गरेको छ । आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिंगको सुरूवात गर्यो र यसको वितरण नेपालमा २९ अक्टोबर २०२१ बाट सुरु हुदैछ । यो वर्ष यसको लन्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको छ ।

यसको पहिलो लट सिमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट उपलब्ध हुनेछ । ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिङ गर्न सक्ने छन् जहाँ उनीहरुले ३० हजार भन्दा माथिको नगदको विभिन्न अफरहरु प्राप्त गर्नेछन्,जसमा थुप्रै डिस्काउन्ट कुपनहरु उनीहरुले विभिन्न स्थानबाट पाउनेछन् जसमा रोडहाउस क्याफे (१०% छुट), द एभरेस्ट होटल (१५% छुट), बिइन्ग ह्युमन नेपाल (१०% छुट), भेन्चुरिनी सुज (१०% छुट), राइट च्वाइस नेपाल (२५ % अफ ), बाइकर्स मार्ट (१०% छूट), अर्बनफुड (१५% छुट), नील डेभिडको सैलुन (१०% छुट), केज फिटनेस (२०% छुट) र अप्सन दरबारमार्गमा (५०% सम्मको छुट) रहेका छन् ।

यस बाहेकयसमा एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागी १ बर्ष को वारेन्टी पनिउपलब्ध रहेको छ । उत्पादनहरुको तोकिएको मूल्य तल दिइएको छ र यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छर केहि मोडलहरुको लागि भारतीय आरआरपी मूल्य निर्धारणको तुलनामा अधिक उचित पनि रहेको छ ।

वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागी शुरू गरीएको छ जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ।नयाँ मोडेलमा मुख्य विशेषता भनेको यसको क्यामेरा हो, जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ – जुन ४ के भिडियोहरुकोे लागी पनि निकै उपयुक्त रहेको छ ।

यसको अर्को ठूलो विशेषता भनेको प्रो मोडेलमा रहेको १२० हर्ट्ज प्रो मोशन डिस्प्ले हो, जुन सबै ग्राहकहरुको लागि निकै नै उपयुक्त रहेको हुन्छ । आईफोनमा रहेका नचहरु साना छन् र क्यामेरा मोड्युलहरु धेरै ठूलो छन्, जसले गर्दा यसलाई अहिलेसम्मकै सबै भन्दा राम्रो आईफोन एप्पल बनाएको छ ।

आइ–फोन १३ लाई प्रि–बुकिंग कसरी गर्न सकिन्छ?
. आइएमई पे एप्लिकेसन डाउनलोड गर्नुहोस्
. आफ्नो विवरणहरु रेजिस्टर गर्नुहोस् र आफ्नो अकाउन्ट बनाउनुहोस्
.यसको होम पेजमा रहेको “प्रि–बुक योर आइ–फोन १३ नाउ” ब्यानरमा क्लिक गर्नुहोस्
.आफ्नो नाम, फोन नम्बर र इमेल एड्रेस इन्टर गर्नुहोस्
.तपाईको पहुँचको लागि सबैभन्दा नजिक रहेको ठाउँ अनुसार ड्रपडाउन लिस्टको सूचीबाट खुद्रा विक्रेताहरुको चयन गर्नुहोस्
.रु ९,९९९-। को प्रि–बुकिंग मूल्यलाई कन्फर्म गर्नुहोस् र आइएमई पे एपबाट पैँसा तिर्नुहोस्

तपाईले आफ्नो आइ–फोन १३ कहिले प्राप्त गर्नुहुन्छ?
यसको वितरण अक्टोबर २९ बाट सुरु हुनेछ तर सीमित स्टकमात्र उपलब्ध भएको कारण जसले पहिले प्रि बुकिंग गर्नुभएको थियो वहाँले नै सबैभन्दा सुरुमा आफ्नो आइ–फोन प्राप्त गर्नुहुनेछ । तपाइँले थप गरिएको फ्रिबिजको बारेमा बुझ्न ड्रपडाउन सूचीबाट छनोट गर्नु भएको खुद्रा विक्रेतालाई सम्पर्क गर्न सक्नुहुनेछ साथैआफ्नोे आईफोन प्राप्त गर्ने समयको बारे पनि जानकारी पाउन सक्नुहुनेछ ।