८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाला बनाउन भ्याइनभ्याई



अ+ अ-

काठमाडौं । भक्तपुरस्थित पोटरी स्क्वायर नामले चर्चित कुमाले टोलमा माटाको पाला बनाउन भ्याइ नभ्याइ छ । कुमाल समुदाय दशैँ सकिएलगत्तै तिहारका लागि दियो बनाउन थाल्ने गर्छन् ।

गत वर्ष कारोना महामारीका कारण व्यवसाय नै धरापमा परेको थियो । यस वर्ष बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइ नभ्याइ छ ।

पाला बनाउन व्यस्त कृष्णलाल प्रजापतिले कुमालेले समुदायलाई अचेल पाला बनाउनै भ्याई नभ्याइ भएको बताउँदै तिहारमा दियोको उच्च माग हुने भएपछि यतिखेर अन्य माटाका भाँडा बनाउने कामलाई थाँती राखिएको बताउनुभयो ।

स्थानीय बुद्धिराम प्रजापति विगत ४० वर्षदेखि यही काम गर्दै आउनुभएको छ । पाला बनाउँदै उहाँले भन्नुभयो, “यो बेला परिवारका सबै खट्नुपर्छ । दिनमा दुई हजारदेखि पाँच हजार पाला बनाउनुपर्छ । माटोको काममा परिश्रम ज्यादा हुन्छ । पुख्र्यौली पेसा भएकाले त्यत्तिकै छोड्न सकिन्न । ”

अहिले भक्तपुरका तालक्वका कुम्हाले मात्र नभई सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह र सूर्यविनायकका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै