८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्जीवन बिमा कम्पनीले तीन महिनामै उठाए झन्डै १० अर्ब रुपैयाँ प्रिमियम



अ+ अ-

काठमाडौं । निर्जीवन बिमा कम्पनीले चालू आर्थिक वर्ष २०७८/८९ को तीन महिनामै ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम उठाएका छन् । चालू आवको पहिलो त्रैमासमा हाल सञ्चालित विभिन्न २० वटा निर्जीवन बिमा कम्पनीले साउन, भदौ र असोज मसान्तसम्म सो रुपैयाँ बराबरको बिमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् । यो रकम गत आर्थिक वर्षको तुलनामा २७ दशमलव ८८ प्रतिशतले बढी हो ।

यी बिमा कम्पनीहरूले गत आव २०७७/७८ को असोज मसान्तसम्ममा जम्मा ७ अर्ब ५८ करोड रुपैयाँ मात्र बिमाशुल्क संकलन गरेका थिए ।

नियामक निकाय बिमा समितिका अनुसार हाल सञ्चालित विभिन्न २० बिमा कम्पनीहरूले गत असोजसम्ममा ७ लाख ३० हजार ९ सय ९७ वटा बिमालेख बिक्री गरी कुल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बिमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् ।

जसमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै प्रिमियम रकम संकलन गरेर अर्बौं क्लबमा प्रवेश गर्न सफल भएको छ । सो कम्पनीले तीन महिनामै १ अर्ब ३२ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको छ । यो अवधिमा यस कम्पनीले ६७ हजार ९७ वटा बिमालेख बिक्री गरिसकेको बिमा समितिले जनाएको छ ।

समितिका अनुसार सो अवधीमा सबैभन्दा बढी संख्यामा बिमालेख बिक्री गर्ने कम्पनीहरूमा नेको इन्स्योरेन्स अघि रहेको छ । सो इन्स्योरेन्सले तीन महिनाको अवधिभित्र कुल ८१ हजार ५५६ वटा बिमालेख बिक्री गरी ८१ करोड २८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो कम्पनी बिमाशुल्कको आधारमा भने विगतका वर्षहरूमा झैं तेस्रो स्थानमा रहेको छ ।

यसैगरी, सबैभन्दा बढी बिमाशुल्क संकलन गर्ने बिमा कम्पनीहरूमा सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । सो इन्स्योरेन्सले ६६ हजार ९ सय ४० वटा बिमालेख जारी गरी कुल ९० करोड ६७ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी, ६१ करोड देखि ६९ करोड रुपैयाँसम्म बिमाशुल्क आर्जन गर्नेमा सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स रहेका छन् । यी तीनवटा इन्स्योरेन्स कम्पनीहरूले क्रमशः ६३ हजार वटा, ५४ हजार वटा र ३८ हजारवटा बिमालेख बिक्री गरिसकेका छन् ।

यस अवधिमा सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बिमा कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्सबीच प्रतिस्पर्धा रहेको देखिएको छ । यी दुईवटा बिमा कम्पनीले समीक्षा अवधिमा ४४ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । जसमध्ये प्रिमियम संकलनमा राष्ट्रिय बिमा कम्पनी केही अघि रहेको छ भने सबैभन्दा बढी बिमालेख बिक्री गर्नेमा युनाइटेड इन्स्योरेन्स निकैले अगाडि पर्न सफल भएको समितिले जनाएको छ ।

यसैगरी, ४० करोडभन्दा बढी प्रिमियम रकम उठाउने बिमा कम्पनीहरूमा हिमालयन जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स रहेका छन् । यी दुईवटा बिमा कम्पनीले सो अवधिमा क्रमशः ४२ करोड ४६ लाख रुपैयाँ र ४१ करोड ४९ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको समितिले जनाएको छ । समितिका अनुसार न्यूनतम ३० करोड र अधिकतम ४० करोड रुपैयाँसम्म बिमाशुल्क संकलन गर्ने बिमा कम्पनीहरूमा सातवटा निर्जीवन बिमा कम्पनी रहेका छन् ।

जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स र दी ओरियन्टल तथा नेपाल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र दी ओरियन्टल इन्स्योरेन्सले क्रमशः ३६ करोड ३७ लाख रुपैयाँ र ३६ करोड २० लाख रुपैयाँ प्रिमियम उठाएका छन् । त्यसैगरी, ३४ करोड ९ लाख रुपैयाँ प्रिमियम उठाएको नेपाल इन्स्योरेन्सलाई काउन्टर दिँदै एभरेस्ट इन्स्योरेन्स कम्पनीले ३४ करोड २ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

त्यसैगरी, ३० करोड रुपैयाँभन्दा कम बिमाशुल्क संकलन गर्ने बिमा कम्पनीहरूमा तीनवटा कम्पनी नेशनल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् । जसमध्ये सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा न्यून अर्थात् २२ करोड ३७ लाख रुपैयाँ बराबरको मात्र प्रिमियम उठाएको समितिले जनाएको छ ।

समितिका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले लामो समय भोग्नुपरेको कोरोना महामारिको कहर बिस्तारै कम हुँदै मुलुकको आर्थिक गतिविधि चलायमान भएसँगै हाल निर्जीवन बिमा कम्पनीले गत साउन, भदौ र असोज मसान्तसम्ममा यतिधेरै बिमाशुल्क तथा प्रिमियम संकलन गर्न सफल भएको बताए । उनले यो अवधिमा संकलन भएको प्रिमियम रकम अपेक्षा गरिएको भन्दा राम्रो नै भएको बताए ।




भर्खरै