१ पुष २०८२, मंगलवार
,
Latest
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रमा देखिएन सुधारको सङ्केत



अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकहरू नकारात्मक नै देखिएका छन् । चालू आवको पहिलो महिना साउनदेखि अर्थतन्त्रको विभिन्न सूचक नाकरात्मक देखिन थालेको थियो, त्यसले भदौमा पनि निरन्तरता पाएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार भदौमा पनि शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, चालू खाता, वैदेशिक व्यापार, विप्रेषण आप्रवाहलगायतका सूचकमा नकारात्मक सङ्केत देखिएका छन्, जुन सूचकहरू साउनमा पनि नकारात्मक देखिएका थिए ।

भदौसम्म आउँदा शोधनान्तर घाटा र चालू खाता घाटा थप बढेको छ भने विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले निरन्तरता पाएको छ । विप्रेषण आप्रवाह घट्ने क्रमले पनि निरन्तरता पाएको देखिन्छ । साथै, वैदेशिक व्यापार घाटा पनि ह्वात्तै बढेको छ । फलतः अर्थतन्त्रमा अझै पनि सुधारको सङ्केत नदेखिएको प्रतिवेदनले पुष्टि गरेको समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।