२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी (फोटो/भिडियो)



अ+ अ-

काठमाण्डौ । काठमाडौको बनस्थली  ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ । गएराति १२ बजे तीर लागेको आगलागीबाट त्यहाँ रहेका करिब १०० ओटा पसलहरु जलेका छन् ।  प्रत्यक्षदर्शी जुद्ध रानालै न्यूजपोलारसँग भन्नुभयो  '१२ बजे तरकारी बजारको मध्यभागतिर आगोको लप्का देखिएको थियो । '

उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ । उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । बाँस र प्लास्टिक प्रयोग गरेका बनाइएको टहराहरुमा आगो फैलिएको थियो ।  राति बजार बन्द गरेर गएका व्ययसायीहरु कतिले आगलागीको राती नै खबर पाएका थिए भने कोही बिहान पसल खोल्न आउदा थाहा पाएका थिए ।

आगलागीको कारण खुल्न बाँकी  छ । यस्तै, क्षतिको विवरण सङ्कलन भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।