१ पुष २०८२, मंगलवार
,
Latest
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगन्जमा दौडिदै राजेश हमाल



अ+ अ-

धारा सातौं नेपालगन्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन् । पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जमा आगामी मंसीर ४ गते सातौं संस्करण हुँदैछ ।

आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले अतिथिको रुपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिए । अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगन्ज म्याराथनमा महानायक हमालको उपस्थितिले अझ हौसला थपिएको बताए ।

नेपालगन्ज म्याराथनमा यसपाली दश वटा इभेन्ट रहेका छन् । फूल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर मेन्स ओपन, ५ किलोमिटर ओमेन ओपेन्स, ५ किलोमिटर स्कूल बोय, ३ किलोमिटर स्कूल गल्र्स, किड्स रन ९८ देखि १२ वर्ष०, २ किलोमिटर कर्पोरेट, वाकाथन र ह्वीलचियर प्रतियोगिता रहेका छन् ।

यसपालीको म्याराथनमा सात हजारलाई दौडाउने तयारी भएको छ । देशी, विदेशी धावकसँगै जिल्लाका गन्यमान्य सबै दौडमा सहभागी हुँदैछन् । नेपालगन्ज म्याराथनले शहरलाई चिनाएको छ । फूल म्याराथनमा नेपालगन्ज र कोहलपुर जोडिने भएकाले दुई शहरलाई जोड्ने काम गरेको छ ।

नेपालगन्जको वीपीचोकबाट शुरु भएर कोहलपुरको कौशिलानगर पुगेर पुनः वीपीचोकसम्म आइपुग्ने म्याराथनले देश विदेशमा नेपालगन्ज शहरको पहिचान बढाएको ठकुरीको भनाइ छ । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न सात बर्ष अघि नेपालगन्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो ।

बिश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाउँ बिशेषको पहिचान स्थापित गर्छ, बिभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । यसले सामाजिक एकताको सन्देश दिन्छ । एक हिसाबले म्याराथन एउटा उत्सव हो । उत्सव साझा हुनुपर्छ । नेपालगञ्ज म्याराथन त्यही उद्देश्यबाट प्रेरित छ । त्यसका लागि सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ । यो सहकार्यमा एउटा इट्टा थप्न महानायक हमाल आउँदै छन् ।

नेपालगन्ज म्याराथनको उचाई दिन प्रति दिन बढ्दै गइरहेको छ ।

नेपालगञ्ज म्याराथन गत संस्करण टोकियो ओलम्पिकको छनौट प्रतियोगिता बनेको थियो । यो संस्करणका विजेता गोपीचन्द्र पार्कीले प्राविधिक कारणले टोकियो जान नपाएपनि बर्लिन म्याराथनमा सहभागिता जनाएर फर्किएका छन् । यसबाट पनि नेपालगञ्ज म्याराथन स्थापित र चर्चित म्याराथन रहेको पुष्टि गरेको छ । अध्यक्ष ठकुरीले समयमै आफ्नो नाम रजिष्टर गरेर यो महाउत्सवमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

अध्यक्ष ठकुरीका अनुसार, नेपालगन्ज म्याराथनलाई भब्य र सब्य बनाउन धारा तेल, आशिर्वाद पेन्टस्, शिखर प्लाई, राष्ट्रिय बाणिज्य बैंक, फोन पे प्रत्यक्ष जोडिएका छन् । नेपालगन्ज म्याराथनलाई व्यवस्थित गर्न वेभसाइट लन्च भइसकेको छ । जहाँसुकैका खेलाडीले म्याराथनमा भाग लिनका लागि आफ्नो नाम लेखाउन सक्छन् । देशका सात वटै प्रदेशका खेलाडीलाई सहभागी गराउने तयारी भइरहेको छ । म्याराथनमा वर्षेनी नयाँ–नयाँ प्रविधि जोड्ने र सहभागिता बढाउने अभियान जारी रहेको छ । (दैनिक नेपालगंजमा समाचार छ ।)