• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन्

किरण र मेलिनाको युगल आवाजमा ‘तिमीलाई नै’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल आवाजमा नयाँ गीत 'तिमीलाई नै' सार्वजनिक भएको छ । घन थापाको शब्दमा बनेको गीतको म्युजिक भिडियोमा गायक किरण भुजेल र गायिका मेलिना मैनाली अफैले अभिनय समेत गरेका छन् ।

गीतमा दिपकराज विश्वकर्माले संगीत भर्ने काम गरेका छन् भने मिक्सीङ् र अरेन्जको काम पनि उनी आफैले गरेका छन् । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा र व्यस्त रहने गायकका रुपमा किरण भुजेल रहेका छन् ।

नेपाली गायन रियालिटी सो नेपाल आईडलबाट निकै चर्चामा आएका गायक किरण भुजेलले आफ्नो धेरै जसो गीतहरुको भिडियोमा आफै नै अभिनय गर्ने गर्छन् । यता गायिका मेलिना मैनाली भने नेपाली गायन रियालिटी सो द भ्वाईस अफ् नेपाल बाट चर्चामा आएकी थिईन् ।