१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

गोदावरी पुष्प प्रदर्शनी २०७८ शुरु भएसँगै पुष्प व्यावसायीहरु खुशी (भिडियो रिपोर्ट)

गोदावरी पुष्प प्रदर्शनी २०७८ शुरु भएसँगै पुष्प व्यावसायीहरु खुशी (भिडियो रिपोर्ट)
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण विगत दुई वर्ष यता सुनसान रहेको मेला शुरु भएपछि पुष्प व्यावसायीहरु खुशी भएका छन् । शुक्रवारबाट ४ दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ शुरु भएसँगै पुष्प व्यावसायीहरु खुशी भएका हुन् । मेलामा ४४ वटा स्टलहरु रहेका छन् ।

प्रदर्शनीमा सहभागी पुष्प व्यावसायी सुमन महर्जनले २ वर्षपछि मेला हुँदा सबै व्यापारीहरुसँग भेट भएको र अब पुष्प व्यावसाय फस्टाउने बताउनुभयो । उहाँले सयपत्री फूल नेपालमा धेरै उत्पादन भए पनि तिहारमा मात्रै देखिने क्षणिक व्यापारीहरुले भारतबाट आयात गर्दा नेपाली बजारमा फूलै नभइदिएको जस्तो भएको बताउनुभयो । उहाँले भारतबाट ल्याएर बजारमा सस्तो दरमा बिक्री गरिदिँदा स्वदेशमा उत्पादन भएका फूल र मालाले बजार नपाएको बताउनुभयो ।

उहाँले केही व्यापारीहरुले आन्तरिक फाइदाका लागि भारतबाट फूल आयात गरिरहेको र सरकारले यसलाई रोक्नुपर्ने बताउनुभयो । पुष्प व्यवसायी महर्जनले भन्नुभयो, ‘आजबाट शुरु भएको पुष्प मेलाका कारण व्यावसायीहरु एकदमै खुशी छाँै, किनभने २ वर्षपछि यस्तो मेला भएको छ, व्यावसायीहरु पनि एकअर्कासँग भेट्ने मौका पाएका छन्, सबै एकै ठाउँमा हुँदा उत्साहीत छौँ,  अहिले यहाँ ४४ वटा व्यावसायीक स्टलहरु छन्, सयपत्री फूलको पनि नेपालमा टन्नै उत्पादन छ तर भारतबाट आयात गर्न निकै सजिलो भयो, वर्षभर अरु व्यावसाय गरेकाहरु क्षणिक लाभ लिनलाई भारतबाट आयात गरेर बजारमा सस्तो रेटमा बेच्न थाले त्यसले आयात बढेको छ, व्यक्तिगत फाइदाको लागि व्यापार गर्दा नेपाली मालाले बजार पाएको छैन ।’

पुष्प व्यवसायी महर्जनले सरकारले भारतबाट जथाभावि फूल आयात गरेर बिक्री गर्नेहरुको निगरानी गरी निरुत्साहीत गरे नेपाली फूलले बजार पाउने बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा रहेका खाली सरकारी जग्गालाई भाडामा पुष्प व्यावसाय गर्न दिनुपर्ने बताउनुभयो ।