१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा दसबुँदे पक्षधर नेताबीचमै मतभेद



अ+ अ-

एमालेमा दसबुँदे पक्षधर नेताबीचमै मतभेद

काठमाडौँ — नेतृत्व चयनका लागि दसौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा एमालेको असन्तुष्ट समूह (दसबुँदे सहमतिका पक्षधर १० नेता) भित्रै मतभेद देखिएको छ । दसबुँदे सहमतिलाई मुद्दा बनाएर संस्थापन पक्षसँग संघर्षसहितको सहकार्य गर्ने वा महाधिवेशनसम्म दसबुँदेको मुद्दा सुषुप्त राख्ने भन्ने विषयमा असन्तुष्ट समूहमा मतभेद देखिएको हो ।

दसबुँदे सहमतिका पक्षधर १० नेता विभाजित देखिएपछि अध्यक्ष केपी शर्मा ओलीले उनीहरूमाथि दबाब बनाउन थालेका छन् । उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले पूर्वसहमतिअनुसार दसबुँदेको इमान्दारितापूर्वक कार्यान्वयन खोजेका छन् तर उनीहरूको कार्यशैलीले संस्थापन पक्षसँगको सम्बन्ध झनै जटिल हुने र त्यसले महाधिवेशनमा अप्ठ्यारो पार्न सक्ने भन्दै अन्य आठ नेताले मौनता साँधेका छन् ।

‘हामी यति कमजोर हुने थिएनौं, उहाँहरूको अपरिपक्व कार्यशैलीकै कारण यस्तो भएको हो,’ दसबुँदे सहमति पक्षधर एक नेताले भने, ‘उहाँहरूले गर्दा हामी पनि कमजोर भयौं । उहाँहरू जति बोल्नुहुन्छ्, त्यति बिग्रिराखेको छ ।’ रावल र भुसालले भने आफैंले गरेको सहमति कार्यान्वयन हुनुपर्ने अडानबाट पछाडि हटे पनि अरू नेताप्रति असन्तुष्टि जनाएका छैनन् । बिहीबारको स्थायी कमिटी र शुक्रबारको केन्द्रीय कमिटी बैठकमा पनि असन्तुष्ट समूहका नेताहरूबीच दसबुँदेलाई लिएर एकरूपता छैन भन्ने देखिएको थियो । केन्द्रीय कमिटी बैठकमा रावलले दसबुँदे सहमति कार्यान्वयनको मुद्दा उठाउँदा यसका पक्षधर अन्य नेताले साथ दिएनन् ।

बरु, दसबुँदेकै पक्षधर अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र अमृत बोहोरालगायत नेताले हस्तक्षेप गरेर ओली–रावल तनाव शान्त पारेका थिए । कार्यान्वयनमा आलटाल भएको भन्दै कात्तिक ५ मा बसेको स्थायी कमिटी बैठकमा रावलले दसबुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए ।

सोही बैठकमा रावल र भुसालको प्रस्तुतिलाई लिएर अरू नेताले भने असन्तुष्टि जनाएका थिए । ‘स्थायी कमिटी बैठकमा रावल र भुसाल कमरेडले भन्दा युवराज कमरेडले धेरै व्यवस्थित र कडा रूपमा कुरा राख्नुभएको थियो,’ दसबुँदे सहमतिमार्फत एमालेमा रहेका ती नेताले भने, ‘उहाँले बैठकका कुरा बाहिर नलगौं पनि भन्नुभएको थियो तर साथीहरूले आफ्ना कुरा बाहिर ल्याउन हतार गरे । मिडियामा बोलेर मात्रै नेता भइन्छ भन्ने सोच उहाँहरूले त्याग्नुपर्‍यो ।’ बैठकमा रावल र भुसालले दसबुँदे सहमति कार्यान्वयमा ओली इमान्दार नभएको भनेर आलोचना गरेका थिए । (कान्तिपुरमा समाचार छ )