९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः आज दुई खेल हुँदै



अ+ अ-

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (आईतबार) दुई खेल हुँदैछन् । 

समूह २ अन्तर्गत पहिलो खेल अफगानिस्तान र नामिवियाबीच हुनेछ । अबुधावीमा यी दुई टोलीबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिता अन्तर्गत अफगानिस्तानले दुई मध्ये एक खेल जितेको छ भने  एक खेल मात्र खेलेको नामिवियाले स्कटल्यान्डलाई पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेल भारत र न्यूजिल्यान्डबीच हुनेछ । यी दुई टोलबीचको खेल राति ७ः४५ मा दुबईमा हुनेछ ।

दुबै टोलीले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार ब्यहोरेका थिए । दुबै टोली जित निकाल्दै सेमिफाइनलको यात्रा कायम राख्न चाहन्छन् ।