२६ असार २०८३, शुक्रबार
,
Latest
विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८३० जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यस अवधीमा कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएको छ ।  भारतमा शनिबार भएको सङ्क्रमित मध्ये ७ हजार ४२७ जना केरला राज्यमा रहेका थिए ।  कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएकोमा ६२ जना केरला राज्यमा रहेका थिए ।  

यसअघि झण्डै १६ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले करिब १३ हजारमा घटेको देखिएको हो । भारतमा अहिले एक लाख ५९ हजार २७२ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले आइतबार जनाएको छ । यो सङ्ख्या २४७ दिनपछिकै सवैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको ०।४६ प्रतिशत मात्रै हो । 

शनिबार भारतमा १४ हजार ६६७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यससँगै कोरोना शुरु भएबाट हालसम्म  तीन करोड ३६ हजार ५५ हजार ८४२ जना कोरोना मुक्त भएका छन् । मन्त्रालयका अनुसार कुल सङ्क्रमित मध्ये ९८।२० प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।  भारतमा कोरोना भाइरसको परिक्षण ६० करोड ८३ लाख भन्दा बढी भएको छ ।  

यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयबाट हामलसम्म १ अर्व भन्दा बढी डोज खोप लगाइएको छ ।