१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर

‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’

‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’
अ अ+ अ-

सुदूरपश्चिम। दुग्ध उत्पादक किसानको हित र त्यसबाट देशले बढीभन्दा बढी लाभ लिने गरी सुदूरपश्चिममा उद्यमशीलता विकास तथा पूर्वाधारमा लगानी आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् ।

प्रदेश दुग्ध विकास बोर्डले आज धनगढीमा आयोजना गरेको ‘दुग्धलाई स्थानीय बजारबाट औपचारिक क्षेत्रमा ल्याउन अभिमुखीकरण’ कार्यक्रममा सरोकार भएकाहरूले दूधको प्रयोगलाई विविधिकरण गरी उद्यमशीलता विकास गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले सरकार र निजी क्षेत्र मिलेर ठूला पूर्वाधारमा लगानी गरी साना किसानलाई समेत लाभान्वित हुने अवस्था बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बने पनि त्यसलाई उद्यमशीलतासँग जोडेर लाभ लिन नसकिएको भन्दै निजी क्षेत्र र सरकारबीच समन्वय र सहकार्य आवश्यक पर्नेमा जोड दिनुभयो ।

“दूध उत्पादनमा प्रदेश आत्मनिर्भर भएको छ, तर त्यसलाई व्यावसायिक रूपमा प्रयोग गरेर लाभ लिन सकिएको छैन । त्यसैले व्यापारमा विविधिकरण गरी आन्तरिक खपत र निर्यात गर्ने उद्देश्यले काम गर्नुपर्नेछ”, मन्त्री थापाले भन्नुभयो, “त्यसका लागि ठूलो लगानीमा पाउडर प्लान्ट बनाएर उपयोग गर्ने, चिज, छुर्पी, पनिरलगायत उत्पादनमा जोड दिन आवश्यक छ । यसका लागि निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छौँ ।”

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले प्रदेशमा दैनिक १० लाख लिटर दूध उत्पादन हुने गरेको जनाउँदै उत्पादित दूधमध्ये घरायसी प्रयोजनमा बढी खपत हुने उल्लेख गर्नुभयो । उहाँले अब निर्वाहमुखी व्यापारभन्दा पनि उद्यमशील सोचसहित काम गर्न किसानलाई आग्रह गर्नुभयो । उत्पादन विविधिकरण, प्रविधि सहयोग, सीप विकासलगायत क्षेत्रमा सहयोग गर्न मन्त्रालय तयार रहेका उहाँले प्रतिबद्धता जनाउनुभयो ।

बोर्डका सदस्य कर्णबहादुर हमालले सुदूरपश्चिमका लागि आवश्यक पाउडर दूध अन्य प्रदेशबाट मगाउनुपर्ने बाध्यता रहेकाले प्रदेशमा ‘पाउडर प्लान्ट’ स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बोर्ड सदस्य भूपेन्द्र थापाले ‘नेपालको दुग्ध क्षेत्रः ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था, चुनौती र आगामी मार्गचित्र’ र बोर्डका कार्यकारी निर्देशक श्यामसिंह खड्काले बोर्डको परिचयका साथै अभिमुखीकरणको आवश्यकताबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

यसैगरी खप्तड कृषि सहकारी संस्था कञ्चनपुरका अध्यक्ष पूर्णसिंह साउद, सुदूर सहकारी संस्थाका अध्यक्ष नरेन्द्रबहादुर चन्दलगायत व्यक्तित्वले दुग्ध उत्पादक किसान, डेरी उद्योगीलगायतका समस्या समाधानका लागि सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो । रासस