९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल स्ववियु निर्वाचन तालिका सार्वजनिक गर्न अनेरास्ववियुको माग



अ+ अ-

काठमाडौं । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुले तत्काल स्वावियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ ।

अखिलले आइतबार त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्वावियु निर्वाचन तालिका माग गरेको हो । 

त्यस्तै अखिलले चिकित्सा शास्त्र अध्ययन संस्थान महराजगंजले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी लिने गरी गरेको निर्णय फिर्ता गर्न पनि दबाब दिएको छ । 

यस्तै अखिलले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसारको शैक्षिक सत्र आरम्भ, परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्न समेत माग गरेको छ ।