१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

बुद्ध दर्शनले नेपाल र नेपालीलाई विश्वभर चिनाएको छः गणेश तिमल्सिना (भिडियोसहित)

बुद्ध दर्शनले नेपाल र नेपालीलाई विश्वभर चिनाएको छः गणेश तिमल्सिना (भिडियोसहित)
अ अ+ अ-

बुटवल । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्ध दर्शनले नेपाल र नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताउनुभएको छ । 

आइतवार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बुद्ध दर्शनले विश्वमा नेपाललाई चिनाउने र नेपालीसँग जोड्ने काम गरेको धारणा राख्नुभयो । उहाँले बुद्धले शान्ति र अहिंसाका लागि दिनुभएको सन्देश अहिले झनै मानवजातिको लागि सान्दर्भिक भएको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले अहिलेपनि विभिन्न जातजाति, भाषाभाषि र धर्म, सम्प्रदायका बिचमा हत्या, हिंसा भइरहेको भन्दै यस्तो हिंसा मानव जातिका लागि अस्वीकार्य हुनुपर्ने बताउनुभयो । उहाँले बुद्ध दर्शनको अद्धितीय गुण जीवन र प्रकृति प्रतिको नविनतम् सोच भएको पनि उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘आजभन्दा २ हजार पाँचसय वर्ष अगाडी गौतम बुद्धले शान्ति र अहिंसाको लागि दिनुभएको शन्देश अहिलेको समयमा सिंगो मानव जातिका लागि अझ बढी सान्दर्भिक भइरहेको छ । लुम्बिनी बुद्धको जन्मस्थल मात्र होइन, बुद्ध दर्शनको मुहान नै हो । बुद्ध दर्शनले बाह्य विश्वलाई नेपाललाई चिनाउने र नेपाली सँग जोड्ने काम पनि गरेको छ । 

विश्वका जुनसुकै स्थानमा रहेपनि हामी मानव जाति एक हौँ र एक हुनुपर्दछ । विश्वमा अहिले एक देश र अर्को देश, एक जाति र अर्को जाति, एकै देशका पनि एक भाग र अर्को भाग भनेर झैझगडा गर्ने र युद्धकै स्थितिमा पुग्ने अवस्था छ । विभिन्न जातजाति, भाषाभाषि र धर्म, सम्प्रदायको नाममा हत्या हिंसा भइरहेका छन् । यस्तो हिंसा मानव जातिका लागि अस्वीकार्य हुनुपर्दथ्यो । तर विडम्बना त्यो भइरहेको छैन । विज्ञान र प्रविधिमा मानव जातिले गरेको विकास पनि मानव जातिको हित, शान्ति, विकास र समृद्धिका लागि हुनुपर्दथ्यो । बुद्ध दर्शनको अद्धितिय गुण भनेकै जीवन र प्रकृतिप्रतिको नविनतम् सोच हो ।’

अध्यक्ष तिमिल्सिनाले बुद्ध दर्शनलाई मानव सशक्तिकरणको दर्शनको संज्ञा दिनुभयो । बुद्ध दर्शन व्यक्तिको अनुशासन र समाजको रुपान्तरण गर्ने प्रक्रिया रहेको पनि उहाँले बताउनुभयो । बुद्ध दर्शनको अन्तिम लक्ष्य सामाजिक सद्भाव सुनिश्चित गर्नु, न्याय, बन्धुत्व, शान्तिपूर्ण सह–अस्तित्व र मानविय मर्यादामा आधारित विश्व व्यवस्था कायम गर्नु रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘बुद्ध दर्शनलाई मानव शसक्तीकरणको दर्शन भन्न सकिन्छ । बुद्ध दर्शन मानवताको पुर्नखोज हो । व्यक्तिको अनुशासन, रुपान्तरण र आफ्नो उदाहरणीय व्यवहारद्धारा समाजको रुपान्तरण गर्ने प्रक्रिया हो । यसको अन्तिम लक्ष्य सामाजिक सद्भाव सुनिश्चित गर्नु, न्याय, बन्धुत्व, शान्तिपूर्ण सह–अस्तित्व र मानवीय मर्यादामा आधारित विश्व व्यवस्था कायम गर्नु हो । हत्या, हिंसा र द्धन्दका विच शान्ति सम्भव हुँदैन । अहिंसा र शान्ति बुद्ध दर्शनको गुँदी हो भन्ने मेरो विश्वास छ । तसर्थ मानव जातिले गरेको विकासका प्रकृतिको संरक्षण गर्ने, स्वच्छ वातावरण कायम गर्ने, न्याय, समानता, सुशासन र समृद्धिका लागि उपयोगी हुनुपर्दछ ।’

अध्यक्ष तिमिल्सिनाले मानव–मानव विचको विभेद अन्त्यको लागि सबैको संगठित प्रयास हुनुपर्ने बताउनुभयो ।