९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाए



अ+ अ-

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका छन् । 

सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई आजै राजीनामा पत्र बुझाएका हुन्।

आचार्य गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 
प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन आएपछि आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो ।

यसैबीच प्रदेश प्रमुख प्यासीले भोलि १ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका छन् । 

यता विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।