१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते

नेपाल–भारत ऊर्जा आदानप्रदानः मैनहिया–सम्पत्तिया प्रसारण लाइन द्रुतगतिमा

नेपाल–भारत ऊर्जा आदानप्रदानः मैनहिया–सम्पत्तिया प्रसारण लाइन द्रुतगतिमा
अ अ+ अ-

काठमाडौँ । नेपाल र भारतका बीचमा विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण मानिएको मैनहिया– सम्पत्तिया प्रसारण लाइनको निर्माणले गति लिएको छ । 

भारतको उत्तर प्रदेश जोड्ने १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । रुपन्देहीको मैनहिया सवस्टेशनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सवस्टेशन जोड्ने प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । 

कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ९६ टावरमध्ये ४४ को जग हालिएको छ । पाँच वटा टावर खडा गरिएको छ । प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ । प्रसारण लाइनका उपकरण आयोजनास्थलमा ल्याइसकिएको प्राधिकरणको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक, कार्यकारी निर्देशक,उपकार्यकारी निर्देशकसहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन गरी आयोजनाको काम शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छ । 

अनुमगन टोलीले नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि यो लाइन महत्वपूर्ण रहेकाले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई आग्रह गरेको थियो । नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५ माघमा पोखरामा सम्पन्न छैटौं बैैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनुवा–मैनहिया १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको थियो । यसपछि २०७६ कात्तिकमा भारतको बैङलोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठकले प्रसारण लाइनलाई न्यू नौतनुवा (सम्पत्तिया, भारत) सवस्टेसनमा जोड्ने निर्णय गरेको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल उत्तर प्रदेशसँग ३३ केभी क्षमताको मात्र प्रसारण संरचना रहेकाले आन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बनाउन १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागिएको बताउनुभयो । “नेपाललाई आवश्यक परेमा आयात गर्न र यहाँ खपत गरी बढी भएको विद्युत् उत्तर प्रदेशमा निर्यातका लागि यो लाइन महत्वपूर्ण छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “लाइन सम्पन्न भएपछि भारतको उत्तर प्रदेशसँग पनि १३२ केभीको प्रसारण पूर्वाधार तयार हुने छ, यसबाट दुई मुलुकबीचको विद्युत् व्यापार थप सहज र विस्तार हुनेछ ।” 

आयोजनाको कूल लागत ८० लाख अमेरिकी डलर रहेको छ । मैनहिया १३२ केभी सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमाविन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण गरिने छ । भारततर्फ लाइन जोड्नका लागि सबस्टेसनमा दुई वटा बे र ३-४ वटा टावर निर्माण गर्नुपर्ने आयोजनाका प्रमुख हरि पाण्डेले जानकारी दिनुभयो । सो कार्यका लागि नेपालले रकम उपलब्ध गराउने र भारतीय पक्षले काम गर्ने सहमति भएको उहाँको भनाइ छ । 

बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण अन्तिम चरणमा 

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्म निर्माणाधीन १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । कूल १८ किलोमिटर प्रसारण लाइनमा पर्ने ५६ टावरमध्ये ५५ वटाको निर्माण सम्पन्न भएको छ । यस्तै १० किलोमिटर तार टाङ्गिएको छ । बुटवल बजार क्षेत्रमा प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गर्ने काम भइरहेको छ ।

मैनहिया सबस्टेसनमा राखिने १३२-३३ केभी, ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरमध्ये एउटाको जडान भइसकेको छ । बाँकी एउटा र ३३-११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर आयोजनास्थलमा ल्याउने क्रममा रहेको छ । प्रसारण लाइन र सवस्टेशन दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।