६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा गाउँ फर्कनेलाई कोरोनाविरुद्धको खोप लगाइँदै (भिडियो रिपोर्ट)



अ+ अ-

काठमाडौँ । तिहार मनाउन गाउँ फर्किनेहरुलाई धमाधम कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरुलाई काठमाडौं उपत्यकाको बल्खु, कोटेश्वर, गोंगबु र कलंकी चोकमा कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन भइरहको छ । आम नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउन दिएको खबर सञ्चारमाध्यमबाट सुनेपछि कोरोनाबिरुद्धको खोप लगाउन आएको सर्वसाधारणहरुले बताएका छन् । सर्वसाधारणहरुले सरकारले गरेको यो कार्यक्रम उचित रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले कोरोनाबिरुद्धको खोप लगाउन पाउँदा आफूले सुरक्षित महशुस गरेको बताए ।

मन्त्रालयका अनुसार दुई दिनसम्म सञ्चालन हुने खोप अभियान बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ । मंगलबारबाट शुरु भएको खोप अभियान नागरिकले आफ्नो परिचयपत्र देखाएर लगाउन सक्नेछन् ।

तस्वीरहरु :