२६ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकी प्रधानमन्त्री अल-कादिमीको हत्याको हत्या प्रयास



अ+ अ-

बग्दाद । इराकका प्रधानमन्त्री मुस्तफा अल-कादिमीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उनको हत्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल भएको सैन्य अधिकारीहरुले जनाएका छन् ।   
इराकी संयुक्त कारबाही कमाण्डले जारी गरेको वक्तव्यमा उनीमाथी अज्ञात व्यक्तिहरुले आइतबार ड्रोन आक्रमण गरेको उल्लेख गरिएको छ । 

घटना हुनु अगाडि नै प्रधानमन्त्री घटनास्थलबाट भागेकाले उनलाई कुनै असर नपरेको र उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । घटनालगत्तै उनलाई अस्पताल लागिएको थियो । सामाजिक सञ्जालमार्फत उनले आफ्नो हत्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सवैलाई आग्रह गरेका छन् । उनले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन पनि आह्वान गरेका छन् । 

अधिकारीहरुका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो । धेरै सरकारी कार्यालय र विदेशी कुटनीतिक नियोगहरुको कार्यालय रहेको क्षेत्रमा भएको आक्रमणमा परी प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकालगायत विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरुले घटनाको भत्र्सना गर्दै आक्रमणकारीहरुबाट अक्ष्यम्य अपराधको प्रयास भएकाले घटनाका बारेमा पर्याप्त अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको समाचारमा जनाइएको छ ।