१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु



अ+ अ-

लागोस । नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको भग्नावशेषमा परेका बताइएको छ । 

यहाँका उद्धारकर्मीहरुले सो भवन भत्किँदा के कतिजना नागरिक पुरिएका या च्यापिएका छन् भन्ने बारेमा केही बताएका छैनन् । शुक्रबार राति भएको सो दुर्घटनाका १५ जनालाई भने जिवीतै उद्धार गरिएको थियो ।

सो भवनमा कतिजना पुरिएका छन् भन्ने स्पष्ट नभए पनि यहाँका उद्धार अधिकारीहरुले करिब ४९ जनाका आफन्तले आफ्ना सदस्य हराएका बताएका जनाएका छन् ।