१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

जनकपुरमा ई–रिक्साको अत्याधिक चाप, पार्किङको समस्या बढ्दै (भिडियो रिपार्ट)

जनकपुरमा ई–रिक्साको अत्याधिक चाप, पार्किङको समस्या बढ्दै (भिडियो रिपार्ट)
अ अ+ अ-

जनकपुर । प्रदेश २ को राजधानी जनकपुरधाममा ई रिक्साको अत्याधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ । जनकपुरधाम उपमहानगरपालिकाले ई रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो ।

नगरमा दर्ता नगरीएका रिक्सा पनि सञ्चालन भइरहेको स्थानीयहरु बताउँछन् । नगरमा अत्याधिक ई रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम लाग्ने गरेको छ । विशेष गरेर रामाचन्द्र चोक र बस पार्क क्षेत्रमा सर्वसधारणहरुलाई निकै समस्या हुने गरेको छ । नगर क्षेत्रमा गुड्ने गरेको ई–रिक्साको कुनै भाडा समेत तोकिएको छैन । जसकारण मनपरी भाडा लिने गरेको स्थानीयहरुको गुनासो छ ।

जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भए पनि रिक्साका लागि रुट परमिट भने यातायात व्यवस्था कार्यालयले दिने गरेको छ । तर रुट परमिटको आधारमा कुनै पनि ई–रिक्सा सञ्चालनमा नआएको स्थानीयहरुको गुनासो छ ।

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिताकुमारी मिश्रले आफूहरु ई रिक्सा पार्किङको व्यवस्थापनलगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेकै कारण समस्या पैदा भएको बताउनुभयो । उहाँले छठ पर्वपछि पार्किङ र भाडालगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउने बताउनुभयो । 

उपमेयर मिश्रले भन्नुभयो, ‘हामी ट्राफिक त व्यवस्थापन गरिरहेका छौँ, तर हामी पार्किङको व्यवस्थापन लगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेको छ, जसकारण काम समयमै हुन सकेको छैन, अब चाँडै नै पार्किङ र भाडा लगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउनेछौँ, अब बस्नै बैठकमा पार्किङका लागि जग्गा छुट्याउने भनिएको छ, हामी चाँडै कहाँ पार्किङका लागि स्थल बनाउने भन्ने मै लागि परेका छौँ ।’

उपमेयर मिश्रले ट्राफिक व्यवस्थापन, पार्किङ, वन वेलगायतका विषयहरूको चाँडै टुङ्गो लगाउने बताउनुभयो । पछिल्लो समय बिना कुनै मापदण्ड नगरक्षेत्रमा थपिँदै गएका ई रिक्साहरूका कारण जनकपुरको आवागमनसमेत असहज बन्दै गएको छ । चालकहरुले अत्याधिक गतिमा रिक्सा चलाउने र जुनसुकै ठाउँमा पनि रोकिदिने गर्दा नगरक्षेत्रमा अस्तव्यस्तता बढेको देख्न सकिन्छ । अहिलेसम्म यसको व्यवस्थापनको विषयमा सरोकारवाला निकाय नै मौन रहेको स्थानीयहरु बताउँछन् ।