५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सुडानका सैन्य प्रमुखको प्रतिबद्धता

प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सुडानका सैन्य प्रमुखको प्रतिबद्धता
अ+ अ-

खार्तुम । सुडानको सत्तामा सैनिक विद्रोह अर्थात् सैन्य ‘कू’ भएको भनिएको केही हप्तापछि यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रुपमा सत्ता हस्तान्तरण गर्ने बताउनु भएको छ  । यहाँ गत महिना सैनिक कू भएको भनिएलगत्तै यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको समाचार सार्वजनिक भएको थियो । 

प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई यहाँका सैनिक सिपाहीहरूले घरमै नजरबन्दमा राखेका थिए । यहाँका सैनिक प्रमुख अब्देल फताह अद बुर्दानले सुडानमा प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको कुरा आइतबार बताउनुभएको छ । अरब लिगको प्रतिनिधिमण्डलसँग आइतबार उहाँले सो कुरा बताउनुभएको हो । उहाँले आफूले यहाँका राजनीतिक दलहरुलाई नै प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न तयार रहेको सो प्रतिनिधिमण्डलसँग बताउनुभएको थियो । 

अरब लिगका महासचिव होसाम जाकीको नेतृत्वमा सो प्रतिनिधिमण्डल उहाँलाई भेट्न आइतबार गएको थियो । अरब लिगले यसअघि पनि उहाँलाई सत्ता त्याग्न आग्रह गरेको थियो । आइतबार गएको सो प्रतिनिधिमण्डललाई उक्त कुरा बताएको महासचिव जाकीले जानकारी दिनुभएको हो । यहाँ सेनाले अहिलेसम्म केही प्रतिक्रिया नदिएपछि प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान गरेका छन् । केही समययतादेखि यहाँ आन्दोलन जारी रहेको छ ।

सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँगै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा असहज सम्बन्ध रही आएको बताइएको थियो । (रासस-सिन्ह्वा)