१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नागरिकता ऐन हामी छिटोभन्दा छिटो पास गर्न चाहन्छौं’- गृहमन्त्री (भिडियो सहित)



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताउनु भएको छ । 

गृहमन्त्री खाँणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै सरकार सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा रहेको प्रष्टयाउनु भएको हो । सोमबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसावले पनि स्वतन्त्र ढंगले चल्ने गरेकोस्पष्ट पार्नु भयो । गृहमन्त्री खाँणले सरकारले नागरिकता विधेयक पनि छिटोभन्दा छिटो पास गर्न चाहेको बताउनु भयो ।

उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई अवरुद्ध सदन सूचारु गराउन पनि आग्रह गर्नु भयो । नागरिकतालगायतका महत्वपूर्ण विधेयकहरु पास गर्न सदन सुचारु गराउन ढिलाई गर्न नहुने गृहमन्त्री खाँणले बताउनु भयो । उहाँले भन्नु भयो, ‘न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका ३ वटा अंगहरु स्वतन्त्र छन । र शक्ति सन्तुलनको हिसावले पनि ती अंगहरु स्वतन्त्र ढंगले नै चल्दछन । न्यायपालिकामा जुन खालको विवाद देखिएको छ । त्यो संवेदनशील र गम्भिर छ । त्यो विवाद छिटोभन्दा छिटो सुल्टिोयोस् भन्ने हाम्रो चाहना छ । नागरिकता ऐन हामी छिटोभन्दा छिटो पास गर्न चाहन्छौं । किनकी नागरिकताको समस्यालाई हामीले संवेदनशील रुपमा लिएका छौं । म मूल प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी ९एमाले०लाई तपाईँहरुमार्फत् आग्रह गर्न चाहन्छु–सदनलाई व्यवस्थित रुपमा चलाऔं । सरकारका कमीकमजोरीहरुलाई पनि सुधार्दै जाऔं । कतिपय महत्वपूर्ण विधेयकहरु छन, नागरिकतालगायतका ती विधेयकहरुलाई पास गरौं । यही नै हाम्रो आग्रह छ ।’

गृहमन्त्री खाँणले नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले सरकारले नागरिकको सुरक्षाको विषयलाई पहिलो प्राथमिकतामा राखेको दोहोर्याउनु भयो ।