१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको बलमा राजसंस्था फेरी आउछ: डा.प्रकाशचन्द्र लोहनी



अ+ अ-

सर्लाही । राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आन्दोलनको वलमा राप्रपाले राजसंस्था स्थापना गर्ने वताउनु भएको छ। उहाँले अभिभावक विहिन मुलुक लाई दलिय सिन्डिकरणले लुटतन्त्र र भ्रष्टाचारको अखडाँ  वनाएको वताउनु भयको छ। प्रजातन्त्रको मुल आधार शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्त वाट कांग्रेस तथा कम्युनिस्टहरु च्यूत भयका कारण प्रजातन्त्र को रक्षार्थ पनि राजसंस्था को आवश्यक रहेको कारण यो संस्था हिजोभन्दा आज झन सान्दर्भिक देखिएको वताउदै नेपाल लाइ हिन्दुराष्ट्र वनाउन वाट कसैले रोक्न नसक्ने वताउनु भएको छ।

राप्रपा सर्लाहीको जिल्ला अधिवेशनलाई मलंगवामा सम्बोधन गर्दै उहाँले मधेसवादी दलहरु समेत असफल भयका कारण अब मुलुकको नेतृत्व राप्रपाले गर्नु पर्ने समेत वताउनु भएको छ।
अदालतको गाईजात्रा,निरीह संसद ले प्रजातन्त्रको खिल्ली उडायको वताउदै यो व्यवस्था असफलताको लक्षण भएको समेत वताउनु भयो।

आँउदो अधिवेशनले राप्रपालाई सहि नेतृत्व दिने बताउदै उहाँँले कार्यकर्ता हरुलाई विवेक पुर्ण निर्णय गर्न आग्रह गर्नुभयो। अधिवेशनले सत्य नारायण यादवको नेतृत्वमा ४१ सदस्य जिल्ला कार्यसमिति को निर्विरोध चयन गरेको छ।

कार्यक्रमलाई माननिय राजेन्द्र लिङदेल,लगायतका नेताहरुले सम्वोधन गरेका थिए।