२६ असार २०८३, शुक्रबार
,
Latest
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेशियाली युवाले राइसकुकरसँग विवाह गरेपछि…



अ+ अ-

एजेन्सी । तपाईले विवाह गर्ने पार्टनर कस्तो हुनुपर्छ भन्ने चाहानुहुन्छ ? वा तपाईले कल्पना गरेको जीवनसाथीमा के के गुणहरु खोज्नुहुन्छ ? यसको उत्तर तपाईले दिँदै गर्नुहोला । आज यहाँ महिला र पुरुषबीचको विवाहभन्दा पनि पुरुषले खाना पकाउने कुकरसँग विवाह गरेको छ ।

हो एकजना इन्डोनेशियाली पुरुषले भात पकाउने कुकरसँग विवाह गरेका छन् । उनको विवाह धेरै नटिकेपनि यो विषय निकै भाइरल बनिरहेको छ । विवाहको केही दिन पछि सम्बन्ध विच्छेद गरेको कुरा अहिले ईण्डोनेशियामा सामाजिक सन्जालमा फैलिएको छ । 

इन्डोनेसियाको जाभाका खोईरुल अनामले आफ्नो भात पकाउने कुकरसँग विवाह गरेर सामाजिक सन्जालमा भारईल पैदा गरेका थिए। उनले वस्तुसंग विवाह गरेर अजीब र विचित्र विवाहको रुपमा चर्चा पाएका थिए। उनी आफ्नो नयाँ दुलहीबाट प्रभावित भएका थिए तर उनी सम्बन्ध छिटो तोड्ने व्यक्ति समेत बन्न पुगेका थिए। 

निर्जीव वस्तुहरुसंग विवाह गर्ने बढ्दो प्रवृत्ति जस्तो देखिन्छ। जाभाको मागेलाका खोईरुल अनामले सामाजिक सन्जाल फेसबुकमा विवाह समारोहको तस्वीर पोस्ट गरेर आफ्नो विवाहको घोषणा गरेका थिए। त्यसबखत अनाम परम्परागत सेतो विवाह पोशाकमा देखिएको थिए भने उनको बिजुली दुलहीलाई सेतो कपडाले ढाकिएको थियो।

अनमले सामाजिक सन्जालमला पोष्ट गरेको तस्वीरको क्याप्सनमा आफ्नी श्रीमतीको गुणहरु पनि सूचीबध्दक गरी निष्पक्ष, शान्त, आज्ञाकारी, धेरै कुरा नगर्ने तथा खाना पकाउन जान्ने उल्लेख गरेका थिए।