• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

छुट्टाछुट्टै घटनामा संलग्न तीन पक्राउ



दाङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा राप्ती गाउँपालिका–३ वसन्तपुरका ६४ वर्षीय जग्गु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

जिल्ला अदालतबाट विसं २०६६ वैशाख २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाए तोकिएपछि फरार रहेका प्रतिवादीलाई प्रहरीले सोमबार कपिलबस्तुबाट पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीलाई आज जिल्ला अदालतमा बुझाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो । 

 त्यस्तै सामूहिक जबरर्जस्ती करणी गरेको आरोपमा कैद सजाए पाएका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–३ मसुरियाका २८ वर्षीय सुवास चौधरी रहेको प्रहरीले जनाएको छ ।
 
यसैगरी तुलसीपुर–४ नयाँ बस्तीका टोपबहादुर पुनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर– ४ गहतेराका रेशम थापा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

घर नजिकैको जङ्गलमा लुिकछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घटनामा संलग्न सोही ठाउँका विनोद राना र खिमबहादुर राना फरार छन् । गत शनिबार राति लठ्ठी र धारिलो हतियार प्रयोग गरी पुनको हत्या भएको प्रहरीले जनाएको छ । मृतक पुनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । रासस