४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

छुट्टाछुट्टै घटनामा संलग्न तीन पक्राउ

छुट्टाछुट्टै घटनामा संलग्न तीन पक्राउ
अ+ अ-

दाङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा राप्ती गाउँपालिका–३ वसन्तपुरका ६४ वर्षीय जग्गु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

जिल्ला अदालतबाट विसं २०६६ वैशाख २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाए तोकिएपछि फरार रहेका प्रतिवादीलाई प्रहरीले सोमबार कपिलबस्तुबाट पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीलाई आज जिल्ला अदालतमा बुझाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो । 

 त्यस्तै सामूहिक जबरर्जस्ती करणी गरेको आरोपमा कैद सजाए पाएका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–३ मसुरियाका २८ वर्षीय सुवास चौधरी रहेको प्रहरीले जनाएको छ ।
 
यसैगरी तुलसीपुर–४ नयाँ बस्तीका टोपबहादुर पुनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर– ४ गहतेराका रेशम थापा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

घर नजिकैको जङ्गलमा लुिकछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घटनामा संलग्न सोही ठाउँका विनोद राना र खिमबहादुर राना फरार छन् । गत शनिबार राति लठ्ठी र धारिलो हतियार प्रयोग गरी पुनको हत्या भएको प्रहरीले जनाएको छ । मृतक पुनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । रासस